सिरहा– सीमावर्ती बरियारपट्टी नाका क्षेत्रबाट प्रहरीले चाँदीका तयारी गहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने मोरङ रँगेली– ९ का २५ वर्षीय उमेश विश्वकर्मालाई रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
भारतबाट तयारी चाँदीका विभिन्न गरगहना भन्सार छलेर नेपाल भित्र्याउँदै गरेका विश्वकर्मालाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा ६ केजी तौलका विभिन्न गरगहना बरामद भएको चतुर्वेदीले बताए। १ सय १० थान पाउजु, ३० थान सिक्री, ७२ थान औंठी र १२ थान बालासहित पक्राउ परेका विश्वकर्मासँग थप अनुसन्धान भैरहेको उनले जनाए।
प्रकाशित: २ कार्तिक २०७६ १६:०० शनिबार