६ आश्विन २०८१ आइतबार
image/svg+xml

शंकास्पद अवस्थाका ५ कन्टेनर चाइनिज स्याउ नियन्त्रणमा

‘शंकास्पद गतिविधि गरेको अवस्थामा स्याउ लोड गरिएको भारतीय नम्बर प्लेटका ५ वटा कन्टेनर र ३ वटा नेपाली ट्रकलाई पनि नियन्त्रणमा लिएका हौं। स्याउसहित कन्टेनर र ट्रकलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।’

करेन्ट लागेर झापामा एक पुरुषको मृत्यु

विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो।

विराटनगरमा दुई समूहबीच कुटाकुट, १० जना घाइते

विराटनगर-१२ मा २ समूहबीच कुटाकुट हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

महानगरले सरसफाई विशेष अभियान थाल्यो

‘हरेक शुक्रबार बिहान ७ देखि साढे ८ बजेसम्म सफाई अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ’ मेयर कोइरालाले भने। महानगरको विकास र समृद्धिका लागि आफूहरू योजनाबद्ध रुपमा लागिरहेको उनको भनाइ थियो।

कराँते खेलाडीको बिदाइ

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप’मा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेका हुन्।

विराटनगर र जनकपुरको लोगो सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका टोलीद्वय विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सले बिहीबार आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेका छन्।

पोखरामा महानगर प्रमुख सम्मेलन: महानगरका न्यूनतम मापदण्ड पूरा गर्नु पहिलो आवश्यकता

पोखरा, भरतपुर, काठमाडौँ, ललितपुर, वीरगन्ज र विराटनगर महानगर प्रमुख तथा उपप्रमुखको उपस्थिति रहेको छ।

तीन लाख बराबरको अवैध औषधि बरामद

‘अवैध रुपमा १६ प्रकारका औषधिहरु ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘उक्त औषधि ३ लाख ६५ हजार ५ सय ३३ रूपैयाँ बराबरको छ। बरामद गरिएको औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाउने छौं।’

विराटनगरबाट काठमाडौँका लागि उडान भर्न लाग्दा रोकियो यतिको जहाज

बिहीबार राति काठमाडौँदेखि यात्रु लिएर आएको जाहज बिहान पहिलो उडान भर्न लाग्दा खराबी आएपछि उडान नभरी विमानस्थलमै रोकिएको छ। विराटनगरबाट ६० जना यात्रुसहित उड्ने तयारीमा रहेको वाइटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो।

सामूहिक बलात्कार आरोपमा २ जना कराँते प्रशिक्षक पक्राउ

पक्राउ परेका दुवै जनाले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विराटनगर जुट मिल फेरि सञ्चालन गरिन्छः मन्त्री बडू

विराटनगर जुट मिल सञ्चालन गर्ने सम्बन्धमा निजी क्षेत्रका उद्यमी एवं व्यापारीसँग आवश्यक छलफल गरी सञ्चालनको विधि तयार गर्ने जानकारी दिए।

बालविवाह गरेको आरोपमा पक्राउ

‘शुक्रबार नाबालिका छोरी हराएकाले खोजतलास गर्नका लागि बुवाआमाले निवेदन दिए थिए,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘निवेदनका आधारमा खोजतलास गर्दा विराटनगर–१६ का २१ वर्षीया विक्कु रायसँग विवाह गरी उनकै घरमा बसेको अवस्था फेला पार्‍यौँ। नाबालिकासँग विवाह गरेकाले रायलाई नियन्त्रण्मा लिएर नाबालिकालाई उनकै बुवाआमाको जिम्मा लगायौं।’

घरभित्रै जलेको अवस्थामा वृद्धाको शव फेला

वृद्ध महिला घरभित्रै आगोले जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

विराटनगर–बथनाह मालवाहक रेल दुई साताभित्र सञ्चालनमा आउने

भारतको वथनाहबाट मोरङको विराटनगरसम्म मालवाहक रेल्वे दुई साताभित्र सञ्चालनमा आउने भएको छ।

विराटनगर भन्सार कार्यालयको राजस्व घट्यो

विराटनगर भन्सार कार्यालयको राजस्व घटेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव २०७८/७९ मा विराटनगर भन्सार कार्यालयको राजस्व संकलन ३९ करोड रूपैयाँले घटेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्