coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घरभित्रै जलेको अवस्थामा वृद्धाको शव फेला

विराटनगर महानगरपालिका–९ मा एक जना वृद्धा महिला आफ्नै घरभित्र आगोले जलेको अवस्थामा शव फेला परेको छ। आइतबार साँझ वृद्ध महिला घरभित्रै आगोले जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको मोरङ प्रहरीले जनाएको छ।

विराटनगर–९ की ६७ वर्षीया अमराउदेवी कोठारीको आफ्नै घरभित्रको कोठामा आगोले जलेको अवस्थामा फेला परेको मोरङ प्रहरीका डिएसपी राजन अधिकारीले जानकारी दिए। उनका अनुसार साढे ७ बजेतिर खबर आएपछि गएर हेर्दा आगोले शरीर पूर्ण रूपमा जलेको अवस्थामा कोठारीको शव घरको बैठक कोठाभित्र फेला परेको हो।

मृत फेला परेकी वृद्धाका पति विजयसिंह कोठारीले प्रहरीलाई घटनाको जानकारी दिएका हुन्। विजयले आफू कामको शिलशीलामा बाहिर रहेको र घर पुगेपछि घटना थाहा पाएको बताएको प्रहरीले जनाएको छ। घटना भएका बेला परिवारका अन्य सदस्य घरको माथिल्लो तलामा रहेकाले घटनाका बारेमा चाल नपाएको बताएको प्रहरीले जनाएको छ।

कोठाको चुक्कुलभित्रबाट लगाएको र आगोले जलेर मृत्यु भएको अवस्थामा वृद्धाको शव भेटिएको हो। कोठा बन्द गरेर वृद्धा आफैँले शरीरमा मट्टितेल छर्किएर आगो लगाएको हुनसक्ने आशंका प्रहरीले गरेको छ। शव नजिकै मट्टितेलको जर्किन र सलाइ प्रहरीले फेला पारेको छ। शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको र पोस्टमार्टम रिपोर्ट आएपछि थप कुरा प्रष्ट हुने डिएसपी कार्कीले बताए।

प्रकाशित: ९ श्रावण २०७९ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App