१६ चैत्र २०८० शुक्रबार
समाज

बालविवाह गरेको आरोपमा पक्राउ

नाबालिकासँग विवाह गरेको आरोपमा विराटनगर महानगरपालिका–१६ का एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। २१ वर्षीय विक्कु रायले नाबालिकासँग विवाह गरेको आरोपमा आइतबार उनी पक्राउ परेका हुन्।

साउन ६ गते शुक्रबार रायले बुढीगंगा गाउँपालीकाकी १४ वर्षीया नाबालिकालाई रायले भगाएर आफ्नो घर लगेको थिए। ‘शुक्रबार नाबालिका छोरी हराएकाले खोजतलास गर्नका लागि बुवाआमाले निवेदन दिए थिए,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले भने, ‘निवेदनका आधारमा खोजतलास गर्दा विराटनगर–१६ का २१ वर्षीया विक्कु रायसँग विवाह गरी उनकै घरमा बसेको अवस्था फेला पार्‍यौँ। नाबालिकासँग विवाह गरेकाले रायलाई नियन्त्रण्मा लिएर नाबालिकालाई उनकै बुवाआमाको जिम्मा लगायौ।’

९ कक्षामा अध्ययनरत नाबालिकासँग विवाह गर्ने उद्देश्यले रायले शुक्रबार केटीको घरबाट भगाएका थिए। नाबालिका हराएपछि उनका परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए। पीडित परिवारको निवेदनका आधारमा रायलाई आइतबार दिउँसो उनकै घरबाट पक्राउ गर्दै नाबालिकालाई समेत प्रहरीले उद्दार गर्‍यौँ।

नाबालिकालाई घरमा लगेर राय परिवारले सिन्दुरपोते गरिदिइ सकेका रहेछन्। बुढीगंगामा रहेको एक उद्योगमा राय काम गर्दै आएका थिए। पीडितका परिवारको जाहेरी आएपछि त्यसको आधारमा कानुनी कारबाही अघि बढाउने डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: ९ श्रावण २०७९ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App