७ वैशाख २०८१ शुक्रबार
समाज

तीन लाख बराबरको अवैध औषधि बरामद

भारतको जोगबनीबाट अवैध रुपमा ल्याउँदै गरेको औषधि प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको छ। बिहीबार साँझमा जोगबनीबाट ल्याउँदै गर्दा विराटनगर महानगरपालिका–१७ रघुपति जुट मिल्स नजिकबाट तीन लाख रुपैयाँभन्दा बढीको विभिन्न किसिमका अवैध औषधि बरामद गरेको हो।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार जोगबनीबाट कार्टुनमा प्याक गरेर ल्याइएको औषधि नियन्त्रणमा लिएको हो। प्रहरीलाई देख्नासाथ औषधि तस्करीमा संलग्नहरु फरार भएको र उनीहरुको खोजी भइरहेको छ।

‘अवैध रुपमा १६ प्रकारका औषधिहरु ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘उक्त औषधि ३ लाख ६५ हजार ५ सय ३३ रूपैयाँ बराबरको छ। बरामद गरिएको औषधि आवश्यक अनुसन्धान र कारबाहीका लागि औषधि व्यवस्था विभागमा बुझाउने छौं।’

प्रकाशित: १३ श्रावण २०७९ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App