१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सामूहिक बलात्कार आरोपमा २ जना कराँते प्रशिक्षक पक्राउ

विराटनगरमा किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा २ जना कराँतेका प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–३ का ५० वर्षीय विनोदकुमार राउत र सुरज सुवेदीले सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। पक्राउ परेका दुवै जनाले १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुनसरीकी किशोरीले राउत र सुवेदीविरुद्ध आइतबार जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी सोमबार म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाएको डिएसपी श्रेष्ठले बताए। पक्राउ परेका दुवै जना कराँते खेलको मोरङका सहायक प्रशिक्षक हुन्।

प्रकाशित: १० श्रावण २०७९ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App