६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुवा अड्डाबाट पैसा लिने प्रहरीलाई कारबाही गर्न लिखित निर्देशन

कैलालीका धनगढी, अत्तरिया, बलिया, चिसापानी लगायतका ठाउँमा खेलाइरहेको जुवाका खालवाट २ देखि ४ लाख रुपैयाँ लिने प्रहरीलाई छानविन गरेर कारवाही गर्न अंचल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर वोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन।

सल्यानमा खुद्रा पैसाको अभाव

नेपाल बैंक लिमिटेड जिल्ला शाखा सल्यानमा खुद्रा पैसाको अभाव भएको छ । यहाँ शुक्रवारदेखि खुद्रा रुपैयाँको अभाव भएको हो।दशैँका लागि यस वर्ष दुई करोड रुपयाँ मात्र जिल्ला आएको थियो । उक्त रुपैयाँ शुक्रवार सकिएको शाखा प्रबन्ध सतिश शाहीले जानकारी दिए । उनका अनुसार गत वर्षहरूमा यस भन्दा अझ बढी समस्या हुने गरेको थियो । १५ सय उपभोक्तालाई लक्षित गरी यस वर्ष खुद्रा रुपयाँ जिल्ला आएको शाखा प्रबन्धक शाहीले जानकारी दिए।

मौन अवधिमा माछा, कुखुरा र पैसाको चलखेल

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको अघिल्लो दिन मतदाता फकाउन उम्मेदवारहरुले माछा, मासु, कुखुरा, हाँस र पैसा बाँडेका छन्। निर्वाचनमा चुनाव जित्ने दौडमा रहेका उम्मेदवारहरुले आफ्नो पक्षको भोट कायम राख्न र विपक्षीको भोट आफूतिर तान्न मौन अवधिको सम्पूर्ण नियम र आचार संहिताको धज्जी उडाउँदै उम्मेदवारहरुले मतदातालाई भेट्दै मागेको सामग्री उपलब्ध गराएका छन्।

सुन तस्करीको पैसा होटलदेखि बैंकसम्म लगानी

भोटेकोसी गाउँपालिकामा चुनाव जितेपछि अन्य उम्मेदवार खुसी थिए तर अध्यक्षमा विजयी राजकुमार पौडेल त्यत्ति खुसी थिएनन् किनकि उनलाई व्यवसाय बिग्रने चिन्ता थियो । उनी समकक्षी व्यापारीसँग गुनासो गर्थे, ‘चुनाव त जितियो, तर व्यवसाय चौपट हुने भयो ।’

टिकटमा पैसावालाको दबदबा

राजनीतिक दलले उम्मेदवार छान्दा भोलि स्थानीय तहमा राजनीतिक नेतृत्व गर्न सक्नेभन्दा पनि पैसा खर्च गरेर चुनाव जित्न सक्नेलाई प्राथमिकता दिएको देखिन्छ ।

पैसा कमहुँदा लुम्बिनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द

सुत्केरी गराए वापत पाउने रकम कम हुँदा जिल्लाको एकमात्र मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम सुचारु हुन सकेको छैन।

'नाटकमा पैसा छ, किन छैन?'

'नाटकमा सम्भावना देखेर आउनेहरुलाई यहाँ पैसा हुँदैन भनेर कहिलेसम्म भनिरहने? अनि नेपाल यातायात चढ्नुअघि पैसा छ कि छैन भनेर कहिलेसम्म हामीले हाम्रो खल्ती छामिरहने?' मंगलबार नाटक 'लाटीको छोरो' मञ्चनबारे आयोजित प्रेसमिटमा रंगकर्मी प्रकाश दाहालले आक्रोशित भावमा गरेको प्रश्न थियो यो।

र्‍याम्पमा पाइलैपिच्छे पैसा

कुनै समय रहरले फेसन शोमा र्‍याम्पमा नाप्ने मोडलहरूले बिस्तारै यसबाट कमाइ गर्न थालेका छन्। फिल्म वा संगीत झैं फेसन शोमा मोडलिङ गर्ने मोडलले पनि विभिन्न प्रकारका शोबाट पुग्दो आम्दानी गर्न थालेका छन्।

पैसाको 'धाक' दिँदा छोराको अपहरण

विजय चौधरी, राजु विश्वकर्मा र राजु मगर बाल्यकालदेखिका साथी थिए। हार्डवेयर पसल चलाउँदा चौधरीको आर्थिक अवस्था राम्रो भयो। अर्का साथी मगर उनकै हार्डवेयरमा काम गर्थेे। विश्वकर्मा मार्बलसम्बन्धी काम गर्थे।

पैसाको सदुपयोगको लागि वर्खायाममा खल्डाखुल्डी नपुरेका हौं: मेयर शाक्य

उपत्यकाका खाल्डाखुल्डीले ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त बनाएको छ। ट्राफिक प्रहरीले खाल्डाखुल्डी नै ट्राफिक व्यवस्थापनको मुख्य बाधक रहेको बताउँछन्।

राप्रपा नेताद्वारा कार्यालय बनाउन दिएको पैसा फिर्ता माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाउन र चुनाव खर्चका लागि आफूले दिएको समेत गरी चार करोड पाँच लाख रुपैयाँ फिर्ता मागेका छन्।

मधेसमा चुनाव: पैसा र कुटुम्ब धेरै हुनेको बेग्लै रवाफ

बरियारपट्टी गाउँपालिका–१ मा वडाध्यक्षका प्रत्याशी रामऔतार यादव (५५) ले पार्टीबाट अझै टिकट पाइसकेका छैनन् ।

पैसा कमाउन खाडी गइरहनुपर्दैन

मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाए । त्यसपछि उनले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन सुरु गरे।

लघुवित्तलाई लगानी गर्ने पैसाको अभाव

बैंकहरूले लघुवित्तमार्फत लगानी गर्दै आएको रकम केन्द्रीय बैंकले कटौती गरेपछि लघुवित्तलाई लगानीयोग्य पुँजीको अभाव भएको छ ।

निर्वाचनमा पैसा प्रभाव

करिब दुई दशकको व्यग्र प्रतीक्षापछि हुन लागेको स्थानीय तह निर्वाचनको वातावरणले सबैलाई उत्साहित तुल्याएको छ । यतिका वर्ष निर्वाचित जनप्रतिनिधिविहीन स्थानीय तहका कारण विकास निर्माण चौपट छ । अझ त्यसमा सर्वदलीय संयन्त्रका नाममा स्थानीय निकायमा मौलाएको भ्रष्टाचारको लेखाजोखा नै छैन । यसले दलका स्थानीय कार्यकर्तालाई समेत भ्रष्टाचारमा लिप्त गराएको छ । यसै पनि केही वर्षयता सबैजसो सरकारले स्थानीय निकाय (हाल तह)मा बजेटको व्यवस्था गर्दै आएका छन् । वर्तमान संविधानले स्थानीय शासनलाई सशक्त तुल्याउने प्रावधान राखेका हुँदा यसप्रतिको आकर्षण झनै बढेको छ । स्थानीय विकास निर्माण मात्र होइन, त्यहाँ तत्काल दिनुपर्ने न्यायदेखि अन्य आधारभूत सेवाका निम्ति यी तहको विशेष भूमिका छ । स्थानीय तहकै मातहत शिक्षा, स्वास्थ्य लगायतका सेवा पर्ने भएकाले ती सबैका लागि आवश्यक बजेट परिचालन पनि यसैमार्फत हुन्छ । स्थानीय तहको बजेट तर्जुमादेखि खर्चसम्म यिनको भूमिका हुँदा वास्तविक अर्थमा स्थानीय सरकारको परिचालन यिनले गर्न थाल्छन् । यसकारण पनि निर्वाचनमा आम जनमानसदेखि दलहरूको समेत सक्रियता देखिएको छ । स्थानीय तहका लागि सुरुमै सरकारले तीन करोड रूपैयाँसम्म दिइसकेको छ । यिनको कामकारवाही पूर्णरुपमा अघि बढेपछि बजेट र खर्चको आकार व्यापक हुनेछ । त्यस अवस्थाका लागि योग्य र सक्षम व्यक्ति नेतृत्वमा पुग्नुपर्ने आवश्यकता छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्