१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अनिल यादव


अनिल यादवका लेखहरु :

भुइँचालोले जगाएको हिरो

प्रदीपलाई भने मिडिया क्षेत्रमै भविष्य बनाउने मन थियो। तैपनि परिवारको अघि उनको केही लागेन। परिवारकै दबाबले उनले मार्केटिङमा एमबीए गरे।

हाजिरी जमानीमा रिहा भएका प्रनेस फेरि पक्राउ, फिल्मकर्मीको लाजमर्दो मौनता

बिहीबार राति ८ बजे हाजिरी जमानीमा रिहा भएका युुट्युबर प्रनेश गौतम शुक्रवार पुनः पक्राउ परेका छन्।गौतमलाई महानगरिय प्रहरी परिसर काठमाडौंद्वारा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। फिल्म ‘वीर विक्रम–२’ को समीक्षा गरेकै कारण साइबर अपराधको आरोपमा पक्राउ परेका गौतमविरुद्ध जिल्ला अदालत काठमाडौंमा विद्युतिय कारोबार ऐन अन्र्तगत मुद्दा दर्ता भएपछि हिरासतमै राखिएको हो ।

जुम्ल्याहा जिन्दगी

अचेल सामाजिक सञ्जालमा भिडियो निर्माण र सेयरका लागि खुब प्रख्यात छ, टिकटक। यसले आम मान्छेभित्र लुकेर बसेको अभिनयको भुतलाई जगाइरहेको मात्रै छैन, यसैबाट सेलिब्रिटीसम्म बनाइरहेको छ। बच्चादेखि वृद्धसम्म, स्कुलदेखि बिहेको मण्डपसम्म जताततै यसको क्रेज बाक्लो छ।

मनमा भित्रिइन्, घरमा बाँकी छ

लक्ष्मी बर्देवा र जीवन भट्टराई दुवै रंगमञ्चमा परिचित नाम हुन्। जीवन्त अभिनयका कारण दुवै अहिले फिल्ममा पनि जमिरहेका छन्। रामेछापकी बर्देवासँग तीन महिनाअघि हेटौँडाका भट्टराईले लगनगाँठो कसे।

लभ स्टेसन : अक्कल बिनाको नक्कल

रिलिज हुनुअघि नै उज्ज्वल घिमिरेले निर्देशन गरेको फिल्म ‘लभ स्टेसन’ विवादमा तानिएको थियो। कारण, फिल्मको ट्रेलरमा समावेश एउटा दृश्य टर्किस फिल्म ‘हर से असत्तन’सँग जस्ताको त्यस्तै मिल्नु। त्यसपछि फिल्मले रिलिजअघि नै चोरीको आरोप खेप्यो।

पानीमा तैरिँदा, चराझैं उड्दा

एकै साता सुनकोशीमा र्‍याफ्टिङ र गोदावरीमा प्याराग्लाइडिङ गर्दा बेग्लै संसारमा डुलेजस्तै भयो। डर, खुसी र उत्सुकताले भरिएका ती साहसिक क्षण मनमा मिठो सम्झना बनेर बसेका छन्।

फिल्मले जुराएको रोमान्टिक जोडी

‘१० वर्षदेखि काम गर्दा नपाएको चर्चा अहिले पो पाइयो । बिहे गरेपछि पो हिट भइयो,’ अभिनेत्री दीपिका प्रसाईंसँगको वैवाहिक सम्बन्ध सार्वजनिक गरेपछि फिल्म निर्देशक दिवाकर भट्टराई अहिले दंग छन् ।पर्दापछि काम गरेर रमाइरहेका भट्टराई अहिले पर्दाअघि छाइरहेका छन् । सायद हिरोइनसँग बिहे गर्दाको फाइदा होला !

फिल्म दृष्टि : आफ्नै मन्दिरको मीठो ‘प्रसाद’

‘कस्तो लाग्यो फिल्म ?’ ‘खासै लागेन, ठीकै मात्र।’ ‘के पुगेन ?’ ‘मसलै पुगेन। न फाइट, न रोमान्स, न रोनाधोना।’ हलमा प्रदर्शनरत फिल्म ‘प्रसाद’ हेरिसकेपछि एक सहकर्मीले शनिबार फिल्मबारे मलाई दिएको प्रतिक्रिया हो, यो। उनी गलत छैनन् किनभने ‘प्रसाद’मा उनले खोजेजस्तो मसला छैन। तर यदि तपाईं सिनेमामा आफ्नै वरिपरिको समाज र कथा खोज्नुहुन्छ र यदि सिनेमालाई कथामार्फत समाजको यथार्थ झल्काउने दृश्य भाषाको बलशाली माध्यम ठान्नुहुन्छ भने ‘प्रसाद’ पक्कै तपार्इंकै रुचिअनुसारको स्वाद हो।

बल्ल उड्यो पुष्पनको ‘पन्छी’

‘पन्छी’ गीत उनले आम नेपालीको प्रतिनिधित्व गरेर लेखेका थिएनन् । प्रिय गायकहरू राजु लामा, कर्ण दास, फिरोज स्याङ्देन धमाधम विदेश जान थालेपछि विदेशमा यताको जस्तो माया र सम्मान उता मिल्दैन होला, फर्केर आए हुन्थ्यो भन्ने सम्झेर गाएका थिए ।

‘चालिस कटेसी रमाउँला...’

देशकै ठूलो कर्पोरट हाउस चौधरी ग्रुपको सदस्य संस्था सिजी होल्डिंग्सका कार्यकारी निर्देशक करण चौधरी र झापा विर्तामोडकी विद्यात्री पोखरेल तीन वर्षदेखि गहिरो प्रेममा थिए। त्यो तीन वर्षदेखिको प्रेम तीन महिना अघिमात्रै विवाहमा परिणत भयो। उनीहरु एकअर्कालाई निशर्त प्रेम गर्छन्। सम्बन्धलाई बलियो र स्वस्थ बनाउन उनीहरुसँग एउटा बलियो सूत्र छ–तीता कुरालाई भुलेर मीठा कुरामात्रै आत्मसात गर्ने।

गम्भीर विषय, हल्काफुल्का ‘ट्रिटमेन्ट’

‘छक्कापञ्जा’ का अघिल्ला दुई सिरिजहरु हेर्दा लाग्थ्यो, दिपकराज गिरी र दीपाश्री निरौलाको फिल्म निर्माण फर्मुला भनेकै ‘एनि हाउ दर्शक हसाउँ र एनि हाउ पैसा कमाउ’ हो । सायद चर्को आलोचनको प्रभावले होला यसपाली उनीहरु थोरै गम्भीर देखिएका छन्, ‘छक्कापञ्जा–३’ मा।

‘मर्नै लाग्दा पनि कलाकारले सम्झिएनन्’

‘हामी प्राविधिक पाखुराले भ्याएसम्म कलाकारको सेवा गर्छौ । आफू झुत्रो लुगा लाएर पनि कलाकारलाई राम्रेँ बनाउँछाैँ। उनीहरुको लुगा राम्रो भएन भने हामी आइरन लाएर भए पनि राम्रो बनाइदिन्छौं।

माई मम्... माई बेस्ट फ्रेन्ड

भनिन्छ, जस्ती आमा त्यस्तै छोरी । अभिनेत्री आना शर्मा र उनकी आमा रचना गुरुङलाई हेर्दा पनि त्यस्तै लाग्छ । दुवै मनोरञ्जन उद्योगमा सक्रिय छन् । आना फिल्ममा अभिनय गर्छिन्, रचना देशको सबैभन्दा चर्चित सौन्दर्य प्रतियोगिता मिस नेपालको कोरियोग्राफी गर्छिन्, त्यहाँ सहभागीहरुलाई तालिम दिन्छिन्, लाउने–खाने र जीवनलाई ‘मेन्टेन’ गर्ने मामिलामा पोख्त बनाउँछिन् ।

‘हिरोइनलाई सपिङ गर्दा बार्गेनिङ गर्नै गाह्रो’

अभिनेत्री सन्ध्या केसी टिभी होस्ट हुँदै फिल्ममा प्रवेश गरेकी हुन्। उनी कुन्दलिनी डायग्नोस्टिक सेन्टरमा बजार कार्यकारीको रुपमा जागिर पनि खाइरहेकी छिन्। अनमोल केसीको ‘ड्रिम्स’बाट फिल्ममा डेब्यू भएकी उनको ‘ह्याप्पी न्यू इयर’मा अभिनय थियो। उनी अभिनित ‘पण्डित बाजेको लौरी’, ‘कथा काठमाडौं’ र ‘कमलेको बिहे’ प्रदर्शनको तयारीमा छन्।

राजेश–मधु जोडी : न टिपिकल झैँझगडा, न टिपिकल रोमान्स

चार वर्ष भइसक्यो विराटनगरकी मधु भट्टराईसँग अभिनेता राजेश हमालले लगनगाँठो कसेको । राजेशको जिन्दगीमा मिठास घोल्न मधु निरन्तर सक्रिय छिन् । दुवैको विचारधारा फरक–फरक छ तापनि सम्बन्ध चलेकै छ । सम्बन्धलाई बलियो बनाउने कडी एउटै हो– समझदारी ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्