६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

पैसाको सदुपयोगको लागि वर्खायाममा खल्डाखुल्डी नपुरेका हौं: मेयर शाक्य

काठमाडौं- उपत्यकाका खाल्डाखुल्डीले ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त बनाएको छ। ट्राफिक प्रहरीले खाल्डाखुल्डी नै ट्राफिक व्यवस्थापनको मुख्य बाधक रहेको बताउँछन्। महानगरीय ट्राफिक प्रहरी महशाखाको प्रमुखको जिम्मेवारी पाएका एसएसपी सर्वेन्द्र खनालले खाल्डाखुल्डीले उपत्यकाको ट्राफिक व्यवस्थापनमा जटिलता थपिएको बताउँछन्।‘खाल्डाखुल्डी सडक नै मुख्य बाधक देखिएको छ,’ उनले भने, ‘जताततै खाल्डा नै खुल्डी भएका  सडक छन् ।ट्राफिक प्रहरीलाई सडकमा उभिएर काम गर्ने सहज वातावरण नै छैन ।’ महाशाखाका प्रमुख खनालले सोमबार नगरप्रमुख, मध्यमाञ्चल क्षेत्रिय सडक निर्देनालयका निर्देशक,यातायात व्यवसायी र उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधी लगायतका सरोकारवालालाई बोलाएर उपत्यकामा रहेका खल्डाखुल्डी र ट्राफिकबत्ती बनाउन अनुरोध गरेका छन्। ‘सडक विभाग र महानगरपालिकाले तत्कालै सडकाका खाल्डाखुल्डी पुरिदिनुपर्‍यो।’ प्रमुख खनालले मेयरतर्फ लक्षित गर्दे भने,‘तपाईले नेतृत्व लिएर सडकमा तत्कालै ट्राफिकबत्ती राखिदिनुपर्‍यो। सक्नुहुन्न भने मसँग मान्छे छन् । उनीहरुबाटै काम लगाउँछु।’

 उनले काठमाडौं महानगरपालिका नगरप्रमुखले पूर्वाधार निर्माणको जिम्मा लिएको खण्डमा ट्राफिक व्यवस्थापनको सम्पूण काम आफैले गर्ने बताए।

‘संसारको अधिकांश सहर मेयरले बनाएका छन् ।त्यसैले महानगर व्यवस्थित गर्ने  जिम्मा मेयरले लिनुपर्‍यो,’ महाशाखाका प्रमुख खनालले भने, ‘यो काठमाडौं सहर मात्रै होइन् । देशकै राजधानी हो ।त्यसैले सवै मिलेर राम्रो बनाउने तर्फ अग्रसर हुनुपर्ने बेला आएको छ ।’ महाशाखाका प्रमुख खनालले उपत्यकाको सडकका खल्डाखुल्डी तत्कालै पुर्न महानगरपालिकाका र सडक विभागलाई अनुरोध गरेका छन् ।

यता,काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले महानगरको मातहत रहेका सडकको खाल्डा तत्कालै नपुर्ने बताएका छन् । ‘जनताले जति गाली गरेपनि खाल्डाखुल्डी पुर्ने काम तत्कालै नगरेका हौं,’ उनले भने ,‘पैसाको सदुप्रयोगको लागि वर्खायाममा खल्डाखुल्डी नपुरेका हौं ।’ उनका अनुसार वर्षातपछि मात्रै सडकका खल्डाखुल्डी पुर्ने र सडक मर्मतसम्भार गर्ने योजना रहेको छ । ८ मिटर भन्दा कम चौडाई भएका सडक महानगरपालिकाको मातहत अन्तर्गत रहेका छन् । ‘वर्षायाममा गरेको काम धेरै समय टिक्दैन ।त्यसैले दशैं लागेपछि मात्रै गर्न लागेका हौं,’ नगरप्रमुख शाक्यले भने,‘जनताले केही समय अझै धैर्य गर्नुपर्‍यो।’

मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले उपत्यकाको सडक खल्डाखुल्डीले क्षत्वित्छेत अवस्थामा रहेको बताए ।‘उपत्यकामा सडक विस्तार अभियान चालु अवस्थामा छ । जसका कारणले धेरैजसो सडकमा अवरोध देखिरहेका छन्,’ उनले भने,‘भत्काउने र बनाउने निकायविचको समन्वय अभावकै कारणले  समस्या आएको हो ।अब त्यसलाई सल्टाउने अभियानमा जुटिरहेका छौं ।’ उनका अनुसार उपत्यकामा सडकको लम्बाई भन्दा सवारीसाधनको संख्या अत्याधिक हुँदा समस्या आएको बताए। कलाकार मनोज गजुरेलले सवै निकाय समन्वय गरेर राजधानीको ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताए।‘एउटा निकायले अर्को निकायलाई दोषारोपण गरेर हुदैंन, सवै निकाय समन्वय गरेर समस्या हल गर्ने तर्फ केन्द्रित हुनुपयो,’ उनले भने,‘सवै निकायले आफ्नो जिम्मेवारी अनुसार काम गरिदिए । उपत्यकाको ट्राफिक समस्याको अन्त्य हुने थियो ।’

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारी तथा वर्गीय संयोजकलाई सरल र सहज ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।‘यात्रुलाई मर्यदित ढंगले सेवा प्रवाह गर्नुहोस्,’ उनले भने,‘यात्रुलाई दुव्र्यवहार गर्ने तथा बढी भाडा असुल्नेलाई तत्कालै कारवाही गर्छौ।’ प्रमुख खनालले यातायात व्यवसायीले चालक तथा सहचालकलाई बानी व्यवहोरा सुधार्नेुपर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवस्थित सडक नहुँदा यातायात व्यवसायीले हैरानी खेप्नु परेको बताए ।

 ‘सडकमा जताततै फुथपाथ र असरल्ल निर्माण सामग्री रहेका छन् । जसका कारणले सवारी आउजाउमा निकै समस्या पारेको छ,’ उनले भने,‘पूर्वाधार बनाएर मात्रै नयाँ नियम कार्यान्वयन गर्न सहज हुनेछ ।’ उनका अनुसार यातायात व्यवसायीको तर्फबाट भएका कमीकमजोरी सुधार्दै लैजाने बताए ।‘यातायात व्यवसायीलाई दोष लगाएर मात्रै हुदैंन,’ उनले भने,‘ सवैको कामको आत्मसमिक्षा गरेर अघि बढ्नुपर्ने देखिन्छ ।’

 उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष ज्योत्ति बनियाँले देश नै जाममा परेको दावी गर्छन्।‘अहिले उपत्यका सरर– गाडी गुड्नै पाएका छैनन ।जसका कारणले राजधानी नै जाममा फसेको छ,’ उनले भने,‘राजधानीमात्रै होइन् ।यतिबेला देश नै जाममा फसेको भान भइरहेको छ।’ उनले उपत्यकामा भइरहेको ट्राफिक अस्तव्यस्तताले सर्वसाधारणले धेरै सास्ती खेप्नुपरेकाले तत्कालै उक्त समस्या समाधान गर्न सरोकाला निकायलाई अनुरोध गरेका छन् ।

प्रकाशित: १६ श्रावण २०७४ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App