मासिँदै खेतीयोग्य जमिन
विकास भनेको देखिने हुनुपर्छ भन्दै यहाँका स्थानीय तहले अधिकांश बजेट सडक निर्माणमा लगाउँदै आएका छन्। जिल्लाका १० वटै स्थानीय तहले पहिलो प्राथमिकताका साथ धमाधम सडक निर्माण गर्दै आएका छन्।
विकास भनेको देखिने हुनुपर्छ भन्दै यहाँका स्थानीय तहले अधिकांश बजेट सडक निर्माणमा लगाउँदै आएका छन्। जिल्लाका १० वटै स्थानीय तहले पहिलो प्राथमिकताका साथ धमाधम सडक निर्माण गर्दै आएका छन्।
खेतीयोग्य जमिन बाँझो राख्नेलाई कर्णाली प्रदेश सरकारले सरकारी सेवा–सुविधा तथा अनुदान कटौती गर्ने भएको छ।
सरकारले आधुनिक र वैज्ञानिक ढंगले भूमिको व्यवस्थापन, उपयोग गर्न पहिलोपटक भू–उपयोगको खाका तयार गरेको छ। अव्यवस्थित रुपमा जग्गाको प्लटिङ तथा कित्ताकाट भइरहेको बेला खेतीयोग्य जमिनको सदुपयोग र व्यवस्थित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिको वर्गीकरण गर्ने तयारी गरेको हो ।
तरकारी उत्पादनका हिसावले भक्तपुरको प्रख्यात ठाउँ हो, मध्यपुर थिमिको मनोहरा क्षेत्र। गाँजर, लसुन, हरियो सागपात उत्पादन हुने क्षेत्रका रूपमा प्रख्यात छ। यहाँका किसान सधैंभरि तरकारीबारीमा व्यस्त रहन्छन्। तर, यही खेतीपाती गर्ने प्रख्यात ठाउँमा सरकारले जग्गा एकीकरण आयोजना संचालन गरिरहेको छ।
सुविधा, रोजगारी र गुणस्तरीय शिक्षाको खोजीमा बजार झर्दै गर्दा ग्रामीण बस्ती सुनसान त छ नै। त्यहाँ रहेका सयौं रोपनी खेतीयोग्य जमिनसमेत बाँझिएको छ । खेत बारी, बारी खरबारी, खरबारी झाडीमा परिणत भएका कुरा सुन्ने गरेपनि यहाँका सयौं रोपनी खेतीयोग्य जमिन जंगलमा परिणत भएको छ।
यतिबेला किसानलाई धान भित्र्याउने चटारो छ। धान उत्पादनका हिसाबले अब्बल मानिने जिल्लाका किसान भने निराश छन्। सरकारी तथ्याकंमा १० वर्षको अवधिमा खेतीयोग्य जग्गाको क्षेत्रफल ३० हजार हेक्टर घटेको छ।
पोखरामा खेतीयोग्य जमिन विस्तारै घडेरीको रुपमा परिणत हुँदै खण्डीकरण बढेपछि रियल इस्टेट व्यवसायी विमल बस्यालले अपार्टमेन्टको अवधारणा ल्याएका छन् । उनले पोखरामै पहिलो अपार्टमेन्ट बनाउने घोषणा गरेका छन्।
राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन्।
अविरल वर्षाका कारण दुई ठूला नदी वाग्मती र लालबकैयामा आएको बाढी खेतीयोग्य जमिन कटान गर्दै तटबन्ध नजिकै आइपुगेपछि आसपासका बासिन्दा त्रासमा परेका छन्।
बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन्। भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो। जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ।
ललितपुरको हरिसिद्धिस्थित खेतीयोग्य जग्गालाई धमाधम प्लटिङ गर्न थालिएको छ। जग्गाको भाउ महँगिँदै गएको र खेतमा हुने उत्पादनभन्दा जग्गा कारोबारमै फाइदा हुने भएपछि स्थानीयले खेतीयोग्य जग्गालाई प्लटिङ गर्न थालेका हुन्।
काठमाडौंको उपभोक्तालाई ताजा तरकारी उपलब्ध गराउँदै आएको धादिङको उर्वरजमिन अहिले इँट्टा उद्योगले भरिएको छ। काउली, बन्दा, खुर्सानी, काँक्रो लगायततरकारीले ढाकिने धादिङका उर्वर फाँटमा इँट्टासुकाइएका छन्।