६ आश्विन २०८१ आइतबार
image/svg+xml

बिरामीका आफन्त महिलासँग दुर्व्यवहार गर्ने चिकित्सक पक्राउ

सप्तरीको राजबिराज स्थित छिन्नमस्ता अस्पतालमा भर्ना भएका एक विरामीको आफन्तमाथि चिकित्सकले दुर्व्यवहार गरेका छन्। महिलाले दिएको मौखिक जाहेरीको आधारमा प्रहरीले दुर्व्यवहार गर्ने चिकित्सक डा. राजन जयसवाललाई पक्राउ गरेको छ ।

बलात्कार काण्डः सिद्दबाबालाई १५ दिनभित्र झिकाउन आदेश

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग मुद्दामा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीलाईं उच्च अदालत विराटनगरले १५ दिन भित्र झिकाउने आदेश दिएको छ।

अनाथ आश्रममा बलात्कार : आश्रममा रहेका १५ बालबालिकाको उद्वार

दाङ तुलसीपुरस्थित अनाथ आश्रममा बस्दै आएकी एक बालिकालाई आश्रमका सञ्चालक बिष्णु चौधरीले बलात्कार गरेको उजुरी परेपछि उक्त आश्रममा रहेका अन्य बेसहारा बालबालिकाहरुलाई आश्रमबाट उद्वार गरिएको छ ।

अनाथमाथि ‘अनाथ आश्रम’ मै बलात्कार

रमिताले सञ्चालकको यो अनैतिक कार्यको प्रतिकार गर्न खोज्थिन् । तर उनले चेतावनी दिएर तर्साउँथे । ‘मैले अरुलाई भनिदिन्छु, यसो नगर्नुस् भन्थेँ,’ रमिताले लेखेकि छिन् ‘कसैसंग भनेपछि गोली हानेर उडाईदिन्छु भन्थे ।’ सञ्चालक चौधरीको यो रासलीला दोहोरिईरह्यो ।

नौ दिनसम्म बन्धक बनाई बलात्कार

रुकुम पूर्वमा बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गर्ने दुईजना पक्राउ परेका छन्। जिल्लाको भुमे गाउँपालिकाकाका १४ र १५ वर्षीया दुई बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ।

बलात्कारमा विद्यमान दण्डहीनता

फेब्रुअरी २०२१ मा काठमाडौँमा सयौँ प्रदर्शनकारी सेतो बस्त्र धारण गरी नेपालमा ‘न्यायको मृत्यु’ भएको भनी मलामी गएको नाटक मञ्चन गरे। सो प्रदर्शन एक जना किशोरीको बलात्कारपछि भएको हत्याको घटनामा शिघ्र र प्रभावकारी अनुसन्धान नभएको प्रतिकार्यस्वरूप गरिएको थियो।

बलात्कार र गर्भपतनले निम्त्याएको जटिलता

कलिलो उमेरमै १४ हप्ताको गर्भपतन गराउँदा बालिकाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । रक्तश्राव रोकिएको छैन । गर्भपतन गराएयता बालिका अस्पतालको बेडमै छिन् ।

बलात्कार आरोपमा जन्मकैद

बोल्न नसक्ने अपांग युवतीलाई जबरजस्ती करणी गर्ने उदयपुरका एक अभियुक्त जन्मकैद सजायको भागीदार भएका छन् । अपांग २० वर्षीया युवतीमाथि बलात्कारको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका–१२ का ४३ वर्षीय सूर्यबहादुर विकलाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको हो ।

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

७८ वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ।

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ। बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार रुपैयाँ दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए।

बलात्कार आरोप लगाउने महिलालाई साढे तीन वर्ष कैद

जिल्ला अदालत सुर्खेतले बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे तीन वर्षको कैदे सजाय सुनाएको छ। जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो।

भागरथी हत्या प्रकरण: आरोपितलाई सुधारगृह पठाउन आदेश

अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो।

बलात्कार गरेको आरोपमा एक पक्राउ

पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

बलात्कार आरोपित पक्राउ

एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ।

भागरथी हत्याका आरोपितलाई पाँच दिन म्याद थप

दोगडाकेदार गाउँपालिका७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका आरोपितलाई पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । घटनाका आरोपित दिनेश भट्टमाथि अनुसन्धान गर्न यसअघि पाँच दिनको लागि थपिएको म्याद सकिएपछि थप अनुसन्धान गर्न पाँच दिन म्याद थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्