३ असार २०८१ सोमबार
image/svg+xml
समाज

बलात्कार आरोपित पक्राउ

एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ।  

एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ।  

उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। आमासँगै जिल्ला प्रहरी कार्यालय पुगेकी पीडितले दिएको उजूरी जिल्ला प्रहरी कार्यालयले गत माघ ९ गते दर्ता गरेको थियो।  

खडक–६ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको आँपका बगैँचामा विसं २०७६ फागुन १० गते आरोपितले बलात्कार गरेको पीडितले बताए। रासस

प्रकाशित: २० फाल्गुन २०७७ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App