coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अनाथ आश्रममा बलात्कार : आश्रममा रहेका १५ बालबालिकाको उद्वार

दाङ तुलसीपुरस्थित अनाथ आश्रममा बस्दै आएकी एक बालिकालाई आश्रमका सञ्चालक बिष्णु चौधरीले बलात्कार गरेको उजुरी परेपछि उक्त आश्रममा रहेका अन्य बेसहारा बालबालिकाहरुलाई आश्रमबाट उद्वार गरिएको छ । आश्रम सञ्चालकविरुद्ध बलात्कार उजुरी परेपछि आश्रममा रहेका अन्य बालिकाहरुलाई समेत सुरक्षा खतरा बढेपछि उनिहरुलाई उद्वार गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।  

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार आश्रममा रहेका ६ जना बालिका र ९ जना बालकलाई शुक्रबार आश्रमबाट उद्वार गरिएको छ । बालिकाहरुलाई तुलसीपुर उपमहानगरपालिकाको सेफ हाउसमा राखिएको छ भने बालकहरुलाई उनिहरुले पढ्दै आएको पब्लिक ज्ञानज्योती माविमा बस्ने ब्यवस्था मिलाईएको छ ।

‘सञ्चालकविरुद्ध आश्रममै बस्दै आएकी बालिकालाई बलात्कार गरेको भन्दै मुद्धा परेपछि आश्रममा रहेका अन्य बालबालिकाहरु असुरक्षित हुने नै भए,’ डिएसपी सिंहले भने ‘फलतः त्यहाँ रहेका ६ जना बालिका र ९ जना बालकलाई रेस्क्यू गरेका छौँ ।’  

साथै प्रहरीले आश्रममा रहेका बालिकाहरुमाथि सञ्चालकबाट भएको ब्यवहारबारे अनुसन्धान थालेको पनि छ । प्रहरीले त्यहाँ रहेका बालबालिकाहरुलाई सञ्चालक चौधरीले गरेको ब्यवहार बारे सोधपुछ गरेको हो । ‘आश्रममै रहेकी बालिकामाथि बलात्कार भएको भन्ने उजुरी परेपछि त्यहाँ रहेका अन्य बालिकाहरुलाई सञ्चालकले कस्तो व्यवहार गरे ? भन्ने विषय अनुसन्धानको विषय हो,’ डिएसपी सिंहले भने ‘हामीले बालबालिकाहरुसंग उनिहरुमाथि भएको ब्यवहारबारे सोधपुछ गरिरहेका छौँ ।’ 

अहिले सम्मको सोधपुछका क्रममा आश्रमका बालबालिकाहरुले भनेको कुरा भन्न नमिल्ने भन्दै डिएसपी सिंहले थपे ‘यो विषय अहिले अनुसन्धानकै क्रममा छ, फलतः अहिले यो विषयमा भन्न मिल्दैन ।’ आारोपित आश्रम सञ्चालक चौधरी भने अहिले सम्म पक्राउ परेका छैनन् ।

प्रकाशित: १३ चैत्र २०७७ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App