६ वैशाख २०८१ बिहीबार
समाज

बलात्कार आरोपमा जन्मकैद

बोल्न नसक्ने अपांग युवतीलाई जबरजस्ती करणी गर्ने उदयपुरका एक अभियुक्त जन्मकैद सजायको भागीदार भएका छन् । अपांग २० वर्षीया युवतीमाथि बलात्कारको आरोपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका त्रियुगा नगरपालिका–१२ का ४३ वर्षीय सूर्यबहादुर विकलाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको हो ।  

विक गत भदौ ३० गते पक्राउ परेका थिए । बलात्कार कसुर ठहर गर्दै बिहीबार बसेको जिल्ला न्यायाधीश दीपक खनालको एकल इजलासले विकलाई जन्मकैदको फैसला सुनाएको हो । कैद सजायसँगै पीडितलाई क्षतिपूर्तिबापत २५ हजार रुपैयाँ भरणपोषण गर्न पनि अदालतते आदेश दिएको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।  

कार्कीका अनुसार पीडितका आफन्तले बलात्कार भएको भनी दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरले विकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

प्रकाशित: ७ चैत्र २०७७ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App