६ आश्विन २०८१ आइतबार
image/svg+xml

राप्ती निर्माण अभियान

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।

लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ।

लुम्बिनीका मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरिले आगामी ११ गते विश्वासको मत लिने भएका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमाथि नैतिकताको प्रश्न

चैत १२ गते २५ सांसदले आफूलाई दिएको समर्थन फिर्ता लिएपछि ३३ सांसदको मात्रै समर्थन कायम रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी स्पष्ट अल्पमतमा परे।

लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले बिधिवत रुपमा पूजापाठ गरी जगमा इँटा राखेर भवन निर्माणको शिलान्यास गरेका हुन।

मुख्यमन्त्री गिरीद्वारा निरीक्षण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गरेका छन्।

‘लुम्बिनी सरकारले काम गर्न सकेन, मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नुस्’ : सांसद कुर्मी

लुम्बिनी प्रदेश सभाका सांसद बादशाह कुर्मीले गठन भएको अढाई महिना भईसक्दा पनि प्रदेश सरकारले काम गर्न नसकेको बताएका छन्।

सरकार गठनमा गलत नजिर

वर्तमान लुम्बिनी प्रदेश सरकारलाई अल्पमतमा पारेको कांग्रेस माओवादी सहितका दल सम्मिलित गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरिसकेको छ।

लुम्बिनी प्रदेश: सरकार गठनमा गलत नजिर

वर्तमान लुम्बिनी प्रदेश सरकारलाई अल्पमतमा पारेको कांग्रेस माओवादी सहितका दल सम्मिलित गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरिसकेको छ।

लुम्बिनी प्रदेशमा पहिलोपटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सिटसहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेशसभामा प्रवेश गर्दा २० सिटसहित माओवादी केन्द्र दोस्रो शक्तिका रूपमा संसद प्रवेश गर्यो।

लुम्बिनी प्रदेश : पहिलो पटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

तर आन्तरिक बढ्दो कलहले सत्ताको नेतृत्वकर्ता दल नेकपा भित्रको खट्पटले कांग्रेसलाई ‘सत्ता स्वाद’ चाख्ने संकेत देखा पर्न थाल्यो। नभन्दै नेकपामा समाहित बनेका एमाले र माओवादी फेरी अलग बने। अनि सत्ता समिकरणको नयाँ खेल सुरु भयो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर ‘गेम चेन्ज’ गरेको माओवादीको भूमिकाले प्रदेश तह सम्मका सत्ता नेतृत्व फेरबदल भए।

लुम्बिनी प्रदेश: सहज छैन तत्काल नयाँ सरकार

शुक्रबार बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले तत्काल आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशमा एक वर्षमा ८ हजार ९० जना क्षयरोगी भेटिए

स्वास्थ्य कार्यालय रुपन्देहीले विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो।

स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन्।

लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन

चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरु लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्