६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

लुम्बिनी प्रदेशमा एक वर्षमा ८ हजार ९० जना क्षयरोगी भेटिए

लुम्बिनी प्रदेशमा एक वर्षमा  ८ हजार ९० जना क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीले विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो।

 लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकलपर्शन रामप्रसाद भट्टराइले गत आर्थिक बर्ष २०७८÷२०७९ मा प्रदेशमा ८ हजार ९० जना क्षयरोगी भेटिएको बताएका हुन। प्रदेशमा प्रतिलाख जनसंख्यामा १५७ जना नयाँ क्षयरोगका बिरामी भेटिएको उनले बताए। 

प्रदेशका बाह्र जिल्ला मध्ये गत आर्थिक वर्षमा सबैभन्दा धेरै रुपन्देहीमा १ हजार ७०५ जना सबैभन्दा कम रुकुम पश्चिममा ५७ जना क्षयरोगी भेटिएको उनले बताए। क्षयरोगीको संख्या रुपन्देहीमा धेरै भएपनि संक्रमणको दर भने दाङ जिल्लामा बढी रहेको उनले बताए। फोकल पर्सन भट्टराईका अनुसार दाङमा प्रति एक लाख जनसंख्यामा २१४ जना क्षयरोगी भेटिएका छन्।

 क्षयरोग निवारणका कार्यक्रमलाई प्रभावकारी बनाउन समुदायमा नै गएर परीक्षण गरिएकाले यो बर्ष क्षयरोगीको संख्या  धेरै भेटिएको उनले बताए। स्वास्थ्य कार्यालय  रुपन्देहीका प्रमुख गौरव ढकालले रुपन्देहीमा चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा १ हजार ५९ जना नयाँ क्षयरोगी भेटिएको बताए। पालिकाहरु मध्ये सबैभन्दा धेरैउपमहानगरपालिकामा २५४ जनामा,तिलोत्तमामा १५४ जनामा,देवदहमा ९५ जनामा ,सिद्धार्थनगरमा ८७ जना,सैनामैनामा ८३ जना  क्षयरोगी भेटिएको उनले बताए । सबैभन्दा कम कोटहीमाइमा २१ जना क्षयरोगी भेटिएका छन्। जिल्लाका कतिपय गाँउपालिकाहरुमा आवश्यक जनशक्ति श्रोत साधनको अभावमा परीक्षण कार्यक्रम प्रभावकारी बनाउन नसकिँदा संक्रमण कम देखिएको हुन सक्ने स्वास्थ्य प्रमुख ढकालले बताए। 

 क्षयरोगको उपचार निःशुल्क गरी पनि कतिपय क्षयरोगीहरु सो सेवा भन्दा भन्दा बाहिर रहँदा संक्रमण दर बढ्ने जोखिम बढेको  पनि उनले बताए। गरिबी,अशिक्षा, प्रदूषण युक्त वातावरण,पर्याप्त पोषणको कमी,क्षयरोगको निःशुल्क उपचारबारे आम समुदायलाई जानकारी नहुँनु जस्ता कारणले क्षयरोगको संक्रमण दर बढेको ढकालले बताए। त्यस्तै निःशुल्क उपचारका सम्बन्धमा आम समुदायमा चेतनाको कमीका कारण अहिले पनि क्षयरोगीका बिरामीहरुको संख्या समुदायमा  लुकेर रहेको त्यसले संक्रमण सर्ने खतरा बढेकाले संक्रमितको पहिचान गर्ने गरी स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गरेको उनले बताए। 

सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक मिमबहादुर सिंहले क्षयरोग निवारणकालागि स्वास्थ्य शिक्षा र जनचेतना मूलक कार्यक्रमहरु गाँउबस्तीहरुमा पुराउनु पर्ने खाँचो औल्याए। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकल पर्सन हुमनाथ खनाल लगायतले बोल्दै नियमित चेकजाँच र नियमित कार्यक्रम सञ्चालन गर्ने गरेमा राज्यले क्षयरोग उन्मूलन गर्ने गरी लिएको नीतिमा सफल हुने बताए।

प्रकाशित: १० चैत्र २०७९ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App