५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

राप्ती निर्माण अभियान

दाङको राप्ती गाउँपालिकाले पालिका निर्माण अभियान सुरुआत गरेको छ। ‘राप्ती निर्माण अभियान’ नाम राखेर गतिविधि सुरु गरेको अध्यक्ष प्रकाश विष्टले बताए।

लुम्बिनी प्रदेशको राजधानी आफ्नै पालिकामा आएको अवस्थामा राजधानी शहर निर्माणदेखि सरसफाइ अभियान, सकारात्मक सोच तथा चिन्तन अभिवृद्धिका लागि यो अभियान सुरु गरिएको उनको भनाइ छ। ‘राजधानी पनि हाम्रै पालिकामा छ’, उनले भने, ‘त्यसैले पालिकालाई व्यवस्थित, सभ्य र संस्कारयुक्त बनाउन यो अभियान चालिएको हो।’

पालिकाको नेतृत्वमा रहेको यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्था, स्थानीय निर्वाचनका उम्मेदवार लगायतलाई समेटेर समिति बनाएको समेत उनले बताए।

सामाजिक अराजकता रोक्न सकारात्मक सोच, चिन्तन र व्यवहारको खाँचो रहेको उनको भनाइ छ। हरेक क्षेत्रको विकास पालिका मात्रैको सम्भव नहुने जनाउँदै सबैलाई साथमा लिएर अगाडि बढेको समेत उनले बताए।

पूर्वाधार विकास मात्रै नभई चेतना स्तर वृद्धिका लागि पनि यो अभियानले भूमिका खेल्ने अध्यक्ष विष्टको भनाइ छ।  

प्रकाशित: ११ वैशाख २०८० ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App