२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खेलकुदमा कुनै नयाँ कार्यक्रम छैन

नेपाल सरकारले यस वर्ष सार्वजनिक गरेको नीति तथा कार्यक्रममा खेलकुदको विद्यमान समस्या समाधान गर्ने र दीर्घकालीन योजना अगाडि बढाउन खालका कुनै पनि नीति ल्याउन सकेन।

सामाजिक उत्तरदायित्वको रकम खेलकुदमा प्रयोग होस्

खेलक्षेत्रमा व्यवसायको सामाजिक उत्तरदायित्व कोष (सिएसआर) को रकम प्रयोग गर्नका लागि पहल गरिदिन नेपाल सुपर लिग (एनएसएल) की अध्यक्ष आश्रयता कार्की चौधरीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेकी छन्।

भलिबल विकास गर्न ट्यालेन्ट हन्ट गरिदैं

गतवर्ष गण्डकी प्रदेश खेलकुद परिषदले एथलेटिक्सको ट्यालेन्ट हन्ट गर्यो। १५ लाख रुपैयाँ खर्च गर्यो। १५ लाख रुपैयाँले ४० जना खेलाडीलाई एथलेटिक्सका खेलाडीलाई आवासीय सुविधा प्रदान गर्ने निर्णयसहित प्रदेशका ११ वटै जिल्लाबाट खेलाडी छनोट गरेको थियो। गतवर्ष एथलेटिक्समा गरेको ट्यालेन्ट हन्ट अहिले नयाँ सदस्य सचिवको आगमनसँगै नयाँ खेलमा ट्यालेन्ट हन्ट गर्ने योजना सार्वजनिक गरेको छ।

सदस्य सचिव वाग्ले बर्खास्त

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएको छ। बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

बागमती प्रदेश खेलकुद प्रतियोगिता जेठ ७ गतेदेखि

बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ। प्रदेश खेलकुद विकास परिषद्ले आज हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो।

दोस्रो बागमती प्रदेश खेलकुद जेठ ७ गतेबाट, तयारी तीव्र

बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही जेठ ७ गतेबाट दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ।

सातमहिनापछि प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त

गएको असोजपछि गण्डकी प्रदेश खेलकुद परिषदले नयाँ सदस्य सचिव पाएको छ। प्रदेश सरकारले नवलपुरका श्रीधर शर्मालाई सदस्य सचिवमा नियुक्त गरेको हो।

भूपेन्द्रको अध्यक्षतामा आदिवासी खेलकुद संघ

आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भूपेन्द्र गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

एनएसजेएफलाई अवार्ड

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेए) लाई ‘एआइपिएस एसिया बेस्ट स्पोर्टस मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्रदान गरेको छ।

‘खेलकुदको उपेक्षा आश्चर्यलाग्दो’

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदको महिमा ठूलो भए पनि धेरैले उपेक्षा गरिरहेको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन्।

कञ्चनपुरका सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

कञ्चनपुरका सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएका छन्। आगामी मे ३ देखि १३ तारिखसम्म दक्षिण कोरियाको जेन्जुमा हुने पुरुष १०९ किलोमाथिको तौल समूहमा २२ वर्षीय भण्डारी भिड्ने छन्।

संघीयताले पाएको अवसर

‘दौडिन्छ कर्णाली।’ एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरू जन्मिएका छन्। इतिहास लेखेका छन् अल्ट्राधावक हरिबहादुर रोकायादेखि मीरा राईसम्मले।

लुम्बिनीद्वारा उपाधिमा ह्याट्रिक

लुम्बिनी प्रदेशले आइतबार १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ।

‘खेलकुदका लागि ध्यान’

खेलकुद आफैंमा अनुशासन हो। अनुशासनको लागि ध्यान हुनै पर्छ । त्यसैले खेलकुदमा ध्यान अनिवार्य मानिन्छ। महत्वपूर्ण ठानिन्छ। मास्टर श्री चिनमोइका पथ प्रदर्शक तथा ३१०० माइलका धावक प्रदिप होगाकरले खेलकुदमा ध्यान महत्वपूर्ण भएको उल्लेख गरे।

पुरस्कारका लागि भूतपूर्व खेलाडीको साथ

पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको छाता संगठन नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी वैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्