५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

‘खेलकुदको उपेक्षा आश्चर्यलाग्दो’

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदको महिमा ठूलो भए पनि धेरैले उपेक्षा गरिरहेको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार आफ्नै प्राङ्गणमा नवनियुक्त विभागीय मन्त्री लिम्बुलाई स्वागत तथा बधाई दिन आयोजित कार्यक्रममा उनले सो भनाइ राखेका हुन्। ‘यो मन्त्रालय धेरैले उपेक्षा गरेको थाहा पाएँ। पार्टीले मलाई यो मन्त्रालयको जिम्मेवारी दियो। त्यसलाई सहर्ष स्विकारेर आएको छु। किनकि खेलकुदको महिमा ठूलो छ,’ मन्त्री लिम्बुले भने, ‘हामी सबै मिलेर काम गर्‍यौं भने नतिजामुखी बनाउन सक्छौं। सबै एक भएर काम गर्नुपर्छ। कर्मचारी प्रशासन स्थायी सरकार हो। उहाँहरूले म होइन, हामी भएर काम गर्नु भयो भने सफलता पाउन सक्छौं।’

साथै मन्त्री लिम्बुले आवश्यक परेको खण्डमा १८ घण्टासम्म खटिएर आफू काम गर्न तयार रहेको र त्यसका लागि राखेप पदाधिकारी, कर्मचारीले पनि दायित्व पूरा गर्नुपर्ने धारणा राखे। लामो समयदेखि राखेप कर्मचारीको बढुवा नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै मन्त्री लिम्बुलाई उनीहरूलाई अन्यायमा पर्न नदिने प्रतिबद्धतासमेत व्यक्त गरे।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदको महिमा ठूलो भए पनि धेरैले उपेक्षा गरिरहेको देख्दा आश्चर्य लागेको प्रतिक्रिया दिएका छन्।

उनले राखेपको बोर्ड बैठक नियमित बस्ने नसकेको बारे पनि प्रश्न राखे। राखेप उपाध्यक्ष शिव कोइरालाले मन्त्रीको कप्तानीमा आफूहरूले अर्थ मन्त्रालयजस्तै खेलकुदलाई पनि राजनीतिज्ञको रोजाइमा पर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे। ‘खेलकुद धेरैको रोजाइमा पर्न नसकेको इतिहास छ। तर, मन्त्रीको कप्तानी हामीले यो खराब परिस्थिति परिवर्तन गर्न सक्छौं।

त्यसका लागि हामी सबै एक भएर अगाडि बढ्न आवश्यक छ,’ उपाध्यक्ष कोइरालाले भने। राखेपका सदस्यसचिव टंकलाल घिसिङले वक्र रेखामा चलेको खेलकुदप्रतिको धारणालाई परिवर्तन गराउन सक्ने ठूलो जिम्मेवारी वर्तमान मन्त्रीको नेतृत्वमा प्राप्त भएको उल्लेख गरे।

‘अन्य मन्त्रालयजस्तै खेलकुद पनि सुरुमा नै रोज्न सक्ने वातावरण सिर्जना गर्ने हामीलाई अवसर छ। त्यसका लागि मन्त्रीको नेतृत्वमा हामीले काम गर्छौं।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले वक्र रेखामा चलेको खेलकुदप्रतिको धारणालाई परिवर्तन गराउन सक्ने ठूलो जिम्मेवारी वर्तमान मन्त्रीको नेतृत्वमा प्राप्त भएको उल्लेख गरे।

बजेटका हिसाबले पनि खेलकुदप्रति राम्रो धारणा छैन। तर, त्यो धारणामा परिवर्तन गराउने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं,’ सदस्यसचिव घिसिङले भने, ‘नीतिगत रूपमा नै निजी क्षेत्रको सामाजिक उत्तरदायित्व अन्तर्गत एक प्रतिशत मात्र लगानी गराउन सक्ने वातावरण सिर्जना गर्न सके खेलकुदले फड्को मार्नेछ।

अहिले राखेप खेलकुद विमालेखका बारेमा काम गरिरहेको छ। त्यसले पनि खेलकुद विकासमा ठूलो सघाउ पुग्नेछ भन्ने विश्वास लिएको छ।’ साथै सदस्यसचिव घिसिङले आगामी एसियाड र ओलम्पिकको तयारीमा नेपाली खेलकुद अगाडि बढिरहेको बताए। 

प्रकाशित: २७ वैशाख २०८० ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App