२१ आश्विन २०८१ सोमबार
image/svg+xml

टीकाराम र सोनुलाई स्वर्ण

सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले आइतबार १३औं राष्ट्रपति रनिङ सिल्ड बाग्मती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन्।

खेलकुद पूर्वाधार नीति संवाद हुँदै

खेलकुद पूर्वाधार निर्माणमा जोड दिनका लागि तीनै तहका सरकारका साथै विभिन्न सरोकारवालालाई ध्यानाकर्षित गर्न खेलकुद पूर्वाधार नीति संवाद हुने भएको छ।

मन्डेकाजी प्यारागनको ब्रान्ड एम्बेसडर

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता करातेका मन्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्।

गौरवपूर्ण नेपाली क्रिकेट गाथा

नेपाली क्रिकेटले पछिल्लो समय एकपछि अर्को सफलता दिलाएको छ। नेपाली क्रिकेट टोलीले बिहीबार घरेलु मैदानमा अविश्वसनीय नतिजा निकाल्दै जिम्बाब्वेमा हुने विश्वकप छनोटमा स्थान बनायो।

दशौं राष्ट्रिय खेलकुदः संघीयताले कर्णालीलाई दिएको मौका

‘दौडिन्छ कर्णाली’। एथलेटिक्समा कर्णाली अब्बल छ। धावकहरु जन्मिएका छन्। दौडेरै इतिहास लेखेका छन्। अल्ट्राधावक हरिबहादुर रोकायादेखि मिरा राईसम्मले इतिहास बनाएका छन। त्यसैले त कर्णालीले आफुलाई दौडाउने तयारी गरेको छ। एथलेटिक्सलाई लक्षित गर्दै कर्णालीले ‘दौडिन्छ कर्णाली’ नारा दिएको छ। अब भने कर्णाली दशौं राष्ट्रिय खेलकुदको तयारीमा दौडिरहेको छ।

दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दैछ कर्णाली

कर्णाली निकै विकट छ। दुुर्गम छ। दुर्गमलाई सुगम बनाउनुपर्ने छ। सुगम बनाउने काम राष्ट्रिय खेलकुद प्रतियोगिताले गर्ने लक्ष्य लिइएको छ। कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ। त्यही आयोजनाले कर्णालीका सबै जिल्लालाई सुगम बनाउने आशा र विश्वास छ।

प्रिन्सले गरे उपाधिमा ह्याट्रिक

नेपाल खेलकुद महसंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सहआयोजना प्रतियोगिता भएको हो।

केपी ओलीको सम्मानमा 'केपी ओली रोडरेस' प्रतियोगिता हुने

आइतबार बिहान विराटनगरमा केपी ओली रोड रेस प्रतियोगिता आयोजना हुने नेपाल खेलकुद महासंघले जनाएको छ।

दिप्रुङ गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ सिल्ड’ महेन्द्रोदयलाई

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ०७९’को उपाधि स्थानीय महेन्द्रोदय माध्यमिक विद्यालय ओख्रे डाँडागाउँले चुमेको छ।

इटहरीमा प्रदेशस्तरीय खेलकुद उत्सव हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश नं. १ ले इटहरीमा यही माघ २७ र २८ गते खेलकुद उत्सव गर्दैछ।

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिएको छ।

प्रतियोगिता आयोजना गर्न प्रदेश खेलकुद परिषदद्वारा बजेट विनियोजन

प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न गण्डकी खेलकुद परिषदले आवश्यक बजेट छुट्टाएको छ। केही खेल सम्पन्न भईसकेको छ। केही खेल भने आयोजनाका संघारमा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्