२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टीकाराम र सोनुलाई स्वर्ण

सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले आइतबार १३औं राष्ट्रपति रनिङ सिल्ड बाग्मती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन्।

प्रदेश खेलकुद विकास परिषद् बाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्रमा टीकारामले चार मिनेट ३१.५ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते। ललितपुरका प्रवीण लिम्बू दोस्रो तथा नुवाकोटाका दिनेश राई तेस्रो भए।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगिताको छात्रामा सोनुले निर्धारित दूरी ५ मिनेट ३६.३ सेकेन्डमा तय गरिन्।

दोलखाकी खिरकुमारी खड्का दोस्रो तथा काठमाडौंकी आयुष्मा आचार्य तेस्रो भए। छात्र हाइजम्पमा सिन्धुपाल्चोकका नवीन खड्गी पहिलो भए।

सिन्धुपाल्चोकका टीकाराम लोप्चन र काठमाडौंकी सोनु घतानीले आइतबार १३औं राष्ट्रपति रनिङ सिल्ड बाग्मती प्रदेश छनोट प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा स्वर्ण जितेका छन्।

नवीनले १.७३ मिटर उचाइ नाघे। चितवनका समीर चौधरी दोस्रो तथा धादिङका रोजन श्रेष्ठ तेस्रो बने। छात्रामा १.३३ मिटर उचाइ नाघेकी काठमाडौंकी अनु भुषाल शीर्ष स्थानमा रहिन्। धादिङकै शषिता तामाङ दोस्रो तथा काठमाडौंकी अश्विना कार्की तेस्रो बने।

छात्र ४ सय मिटर दौडमा मकवानपुरका आयुश नेगीले स्वर्ण जिते। आयुशले निर्धारित दूरी ५४.६२ सेकेन्डमा पूरा गरे। काभ्रेका प्रदीप माझीले रजत तथा काठमाडौंका सन्तबहादुर दराईले कांस्य जिते।

सो स्पर्धाको छात्रामा नुवाकोटकी आस्था राई निर्धारित दूरी १ मिनेट १०.८१ सेकेन्डमा पूरा गर्दै पहिलो भइन्। रामेछापकी भगवती खड्का दोस्रो तथा भक्तपुरकी ऊर्जा मधिकर्मी तेस्रो भए। प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले एक कार्यक्रमबीच उद्घाटन गरे।

छात्र ४ सय मिटर दौडमा मकवानपुरका आयुश नेगीले स्वर्ण जिते। आयुशले निर्धारित दूरी ५४.६२ सेकेन्डमा पूरा गरे।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति रहेको थियो।

 प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेल समावेश छन्। विभिन्न १३ जिल्लाका १ हजार २ सय ७० खेलाडीले ५० स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: ४ वैशाख २०८० ००:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App