coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलकुद पूर्वाधार नीति संवाद हुँदै

खेलकुद पूर्वाधार निर्माणमा जोड दिनका लागि तीनै तहका सरकारका साथै विभिन्न सरोकारवालालाई ध्यानाकर्षित गर्न खेलकुद पूर्वाधार नीति संवाद हुने भएको छ।

नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा उक्त खेलकुद पूर्वाधार नीति संवाद शनिबार हुने भएको छ। राखेपले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त योजनाबारे जानकारी दिएको हो। राखेपका सदस्यसचिव टंकलाल घिसिङले देशको भौगोलिक अवस्थाअनुसार कस्तो पूर्वाधार निर्माण गर्न उपयुक्त हुने लगायतका विषयमा सुझाव संकलन गर्न संवादले सहजीकरण गर्ने विश्वास व्यक्त गरेका छन्। ‘खेलकुद पूर्वाधारमा संघ, प्रदेश र स्थानीय निकायका साथै अन्य क्षेत्रको उत्तरदायित्व कति हुन सक्छ भन्नेलगायत विषयमा छलफल हुनेछ,’ सदस्यसचिव घिसिङले भने, ‘यो सम्मेलनबाट खेलकुद पूर्वाधार निर्माणमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरेको छु।’

मापदण्डसहितका पूर्वाधार निर्माणको नीति निर्माण गराउने, खेल पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तयार गर्ने, खेलकुद पूर्वाधारको वर्तमान अवस्थाबारे जानकारी गराउन र पूर्वाधारका लागि लगानीको अवस्थाको विषयमा जानकारी दिने उद्देश्यले संवाद आयोजना गर्न लागिएको हो। संघ, प्रदेश र स्थानीय तहमा कस्ता पूर्वाधार हुनुपर्ने भन्ने विषयमा आवश्यक मापदण्ड बनाउने, संघ, प्रदेश र स्थानिय तहमा हुनुपर्ने पूर्वाधारको विषयमा जानकारी लिन, खेलकुद पूर्वाधारमा राज्यको अवधारणा र प्रतिबद्धताका लागि यो कार्यक्रम महत्वपूर्ण साबित हुने राखेपले विश्वास लिएको छ।

पूर्वाधार निर्माणमा लगानी वृद्धि गराउन, निजी क्षेत्रलाई पनि खेलकुद पूर्वाधारमा उत्प्रेरित गर्ने, भौगोलिक अवस्थितिका आधारमा पूर्वाधार निर्माणको नीति तयार गर्ने लगायतका विषयमा संवाद केन्द्रित रहनेछ।

कार्यक्रमको राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ। सो कार्यक्रममा नेपालका सरकार मुख्यसचिव, अर्थ र शिक्षा मन्त्रालका सचिव, सातै प्रदेशका खेलकुद मन्त्रालयका मन्त्री र सदस्यसचिव, राष्ट्रिय योजना आयोग उपाध्यक्ष, विभिन्न कर्पोरेट क्षेत्रका प्रतिनिधि, स्थानीय निकायका प्रमुखहरू, प्याब्सन र एनप्याब्सनका प्रतिनिधि, तीनै विभागका खेलकुद प्रमुख र विभिन्न खेल संघका साथै खेलाडी गरी ८० जनाको सहभागिता रहनेछ। 

प्रकाशित: १६ चैत्र २०७९ ०१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App