२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

इटहरीमा प्रदेशस्तरीय खेलकुद उत्सव हुने

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश नं. १ ले इटहरीमा यही माघ २७ र २८ गते खेलकुद उत्सव गर्दैछ। 

प्याब्सन छात्र–छात्रा प्रेसिडेन्ट कप भलिबल र अन्डर फिफ्टिन फुटबल प्रतियोगिता हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रमको उद्घाटन प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा  वातावरण मन्त्री जीवन आचार्यद्वारा हुनेछ।

खेलकुद उत्सवमा प्रदेश नं. १ का झापा, मोरङ, सुनसरी र उदयपुरमा भएका जिल्ला स्तरीय खेलकुदमा छनोट भएका टिमको सहभागिता रहनेछ। प्रदेश नं. १ का १४ वटा जिल्लामा प्याब्सनसँग आबद्ध एक हजार दुई सय विद्यालय छन्। जसमा झापा, मोरङ, सुनसरी र तेह्रथुममा सात सय २० वटा विद्यालय प्याब्सनमा आबद्ध भएका छन्।

प्याब्सन प्रेसिडेन्ट कप भलिबल प्रतियोगितामा १३ वटा टिमको  सहभागी हुने छ। जसमा छात्रको सात वटा र छात्राको ६ वटा टिम सहभागी हुनेछन्।

फुटबल  प्रतियोगितामा ६ वटा टिमकै सहभागिता रहनेछ। फुटबल प्रतियोगिताको विजेतालाई नगद २१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उपविजेता टिमलाई नगद ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। 

यस्तै, भलिबलतर्फ छात्रछात्रा दुवै टिमको विजेतालाई नगद ३१ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ। उप विजेता अर्थात दोस्रोलाई नगद २१ हजारसहित  ट्रफी र मेडल प्रदान गरिने छ। तेस्रो हुने टिमलाई ११ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ।  

प्रकाशित: २५ माघ २०७९ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App