२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

भूपेन्द्रको अध्यक्षतामा आदिवासी खेलकुद संघ

आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भूपेन्द्र गुरुङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

साधारण सभाले भूपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमितिसमेत दुई वर्षका लागि निर्विरोध चयन गरेको छ। नेपाल उमा कुङ्फु संघका महासचिवसमेत रहेका गुरुङ जर्मनीमा भएको वल्र्ड मार्सल आर्ट्स गेम्स तथा इङ्ल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपका स्वर्ण विजेता हुन्। नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा दीपेन गुरुङले उपाध्यक्ष, सुरेश मगरले सचिव तथा मीनबहादुर गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए।

शेरबहादुर गुरुङ, धनबहादुर गुरुङ, जगदीश गुरुङ, रूपकाजी मगर र गुना गुरुङ सदस्यमा चयन भए। साधारण सभाले नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगरलाई संघको मुख्य प्रशिक्षकमा मनोनीत गरेको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बधाई दिँदै प्रमाणपत्र वितरण गरे।  

प्रकाशित: २८ वैशाख २०८० ०१:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App