५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एनएसजेएफलाई अवार्ड

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेए) लाई ‘एआइपिएस एसिया बेस्ट स्पोर्टस मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्रदान गरेको छ।

दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एआइपिएस एसियाको २४औं कंग्रेसमा मंगलबार एनएसजेएफलाई अवार्ड प्रदान गरिएको हो। एआइपिएस एसियाका अध्यक्ष ही डोन जुङले एनएसजेएफका महासचिव प्रज्वल ओलीलाई अवार्ड प्रदान गरे।

अवार्ड वितरण समारोहमा एनएसजेएफका सदस्य निशान राई र एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीको पनि उपस्थिति थियो। एआइपिएसले नेपालमा व्यावसायिक खेलकुद पत्रकारिताको प्रवर्द्धन र पत्रकारिताको माध्यमबाट खेलकुद विकासमा सहयोग पुर्‍याएको उल्लेख गर्दै अवार्ड प्रदान गरेको जनाएको छ।

यस्तै बंगलादेश स्पोर्टस प्रेस युनियनले पनि एआइपिएस बेस्ट स्पोर्टस मिडिया एसोसिएसन अफ द इयर अवार्ड प्राप्त गर्‍यो। एआइपिएस एसियाका पूर्वअध्यक्ष ग्याप चुल पार्क, पूर्वसदस्य मानुचोर जान्दी र युसुफ बर्जाबीलाई एआइपिएस लिजेन्ड अफ एसिया अवार्ड प्रदान गरिएको हो।

फिफा विश्वकप आयोजक कतारले बेस्ट अर्गनाइजर अवार्ड तथा बेस्ट सपोर्ट अवार्ड साउदी अरेबियाले प्राप्त गरेका छन्। ही डोन जुङलाई बेस्ट एआइपिएस प्रेसिडेन्ट प्रदान गरिएको हो। त्यस्तै कंग्रेसले एआइपिएस एसियाका कोषाध्यक्ष राजवंशी र महासचिव अमजद अजिज मल्लिकले पेस गरेको वार्षिक प्रतिवेदन पारित गरेको थियो। 

प्रकाशित: २७ वैशाख २०८० ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App