२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।

ह्यूस्टनको चिनियाँ महावाणिज्यदूतावास बन्द गर्न अमेरिकी आदेश

संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुबै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्‍याउने भन्दै विरोध गरेको छ ।

ताप्लेजुङमा थप ३ जना कोरोना संक्रमित थपिए, १ जना डिञ्चार्ज

ताप्लेजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । १ जना कोरोना संक्रमित भने उपचारपछि घर फर्किएका छन् । यो सहित संक्रमित ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आफूखुसी सरकारी ढुकुटी रित्याउँदै प्रदेश सरकार

प्रदेश २ सरकार र प्रदेशसभा सचिवालयले नियम, विधि र प्रक्रियालाई अटेर गर्दै आफूखुसी सरकारी ढुकुटी रित्याएको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनले प्रस्ट्याएको छ। महालेखापरीक्षक कार्यालयले गत बुधबार प्रदेश प्रमुखलाई बुझाएको प्रतिवेदनमा आर्थिक अनुशासन पालना गर्न प्रदेश सरकारलाई २३ वटा सुझावसमेत दिएको छ ।

वाग्मती प्रदेशले ४२ प्रतिशत खर्च गर्न सकेन

वाग्मती प्रदेशले गतआर्थिक वर्ष २०७६/७७ मा कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ।

गण्डकी प्रदेशको बजेट खर्च ६३.७१ प्रतिशत

गण्डकी प्रदेशले कुल बजेटको ६४ प्रतिशत खर्च गरेको छ। गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष ०७६/७७ मा ६३.७१ प्रतिशत बजेट खर्च गरेको हो। यो अघिल्लो वर्षको तुलनामा ५.६१ प्रतिशत बढी हो। अघिल्लो वर्ष गण्डकी प्रदेश सरकारले ५८.१० प्रतिशत बजेट खर्च गरेको थियो।

कर्णाली प्रदेश ४७.६५ प्रतिशतमा सीमित

कर्णाली प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्म २०.२५ प्रतिशत बजेट मात्रै खर्च गरेको थियो। चालुतर्फ तीन अर्ब ८९ करोड ७६ लाख ५० हजार दुई सय ६१ रुपैयाँ र पुँजीगततर्फ तीन अर्ब पाँच करोड ९२ लाख ९४ हजार ६ सय ९० रुपैयाँ जेठ मसान्तसम्म खर्च भएको थियो।

खर्चमा प्रदेश ५ दाेस्राे

कोभिड–१९ का कारण केन्द्रदेखि स्थानीय तहको बजेट कार्यान्वयनमा समस्या आएको भनिएका बेला प्रदेश ५ मा भने अघिल्ला वर्षको तुलनामा बजेट कार्यान्वयनमा प्रगति देखिएको छ। प्रदेश सरकारले गत आव ०७६/७७ मा ७० प्रतिशत बजेट खर्च गरेको छ।

प्रदेश १ एक नम्बरमै

आर्थिक वर्ष ०७६/७७ मा प्रदेश १ सरकारले करिब ७१ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ। प्रदेश सरकारले आव ०७६/७७ मा करिब ७१ प्रतिशत खर्च गर्न सफल भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको बजेट ६२ प्रतिशतमाथि

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन बजेटको ६२.८२ प्रतिशत रकम मात्र खर्च गरेको छ। प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका अनुसार पुँजीगततर्फ ७१.०८ प्रतिशत र चालुतर्फ ५५.६७ प्रतिशत खर्च भएको छ।

विदेशबाट आउनेलाई स्थानीय तहको निगरानीमा १४ दिन होम क्वारेन्टिन

सरकारले विदेशबाट स्वेदश फर्किनेलाई स्थानीय निकायको निगरानीमा मात्र होम क्वारेन्टिनमा राख्ने मापदण्ड संशोधन गरेको छ ।

प्रदेश ५ : कतै बस्ती डुबान, कतै सडक अवरुद्ध

अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् ।

प्रदेश १ मा १९ जना कोरोना संक्रमित थपिए

प्रदेश १ को पाँच वटा जिल्लामा मंगलबार १९ जना कोरोना भाइरस (कोभिड-१९ )का नयाँ संक्रमित पुष्टि भएका छन् ।

विदेशमा अलपत्र कामदारलाई सरकारकै खर्चमा ल्याइने

सरकारले खाडी मुलुकमा अलपत्र परेका कामदारलाई सरकारी खर्चमा नेपाल ल्याउने तयारी गरिरहेको छ । एक साता अघि मन्त्रिपरिषदको निर्णयले उनीहरुलाई सरकारी ल्याउने निर्णय गरेको थियो। निर्णय अनुसार श्रम मन्त्रालयले बिभिन्न देशका नेपाली राजदूतावासलाई पत्र पठाइसकेको जनाएको छ।

वाग्मती प्रदेशले ४२ प्रतिशत खर्च गर्न सकेन

वाग्मती प्रदेशले गतआर्थिक वर्ष २०७६/७७ मा कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गर्न सफल भएको छ । कुल बजेट ४७ अर्ब ६० करोड रुपैयाँको प्रदेश सरकारले असार मसान्तसम्ममा २८ अर्ब ४ करोड रुपैयाँ मात्रै खर्च गरी ४२ प्रतिशत खर्च गर्न असफल भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्