१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा थप ३ जना कोरोना संक्रमित थपिए, १ जना डिञ्चार्ज

ताप्लेजुङमा ३ जना कोरोना संक्रमित थपिएका छन् । १ जना कोरोना संक्रमित भने उपचारपछि घर फर्किएका छन् । यो सहित संक्रमित ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । बैदेशिक रोजगारीबाट फर्किएका १४ जनाको पीसीआर परीक्षण गर्न पठाइएकोमा ३ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।  

सिरिजङ्घा गाउँपालिकाका २ तथा पाथिभरा याङ्वरक गाउँपालिकाका १ गरी यहाँ अहिले ३ जना कोरोना संक्रमित उपचारका लागि ताप्लेजुङ उद्योग बाणिज्य संघको आइसोलेसन कक्षमा रहेका छन् । मेरिङ्देन गाउँपालिकाका १ जना संक्रमित भने ७ दिनमै कोरोनालाई जितेर घर फर्किएका छन् । हप्ता दिनमै कोरोना जितेका उनलाई कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले बुधवार फुङ्लिङस्थित भानुजन माविको क्वारेन्टिनबाट फुलमालासहित बिदा गरेको छ ।  

संक्रमित ३ जनालाई ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा राखिएको छ भने पीसीआर रिपोर्ट नेगेटिभ आएका ११ जनालाई बिदाई गरिएको छ । भारतसहित तेस्रो मुलुकबाट आई आइसोलेसन, क्वारेन्टिन, होल्डिङ सेन्टर तथा कोभिड–१९ सम्भावित लक्षण देखा परेका नागरिकलाई पीसीआर परीक्षण गरिदैं आएको छ ।

प्रकाशित: ७ श्रावण २०७७ ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App