४ पुस २०८१ बिहीबार
image/svg+xml

नरभक्षी बाघलाई नियन्त्रण गर्न सीसीटीभी जडान

बस्ती क्षेत्रमा बाघ देखिएपछि क्यामेरा जडान गरेर बाघको खोजी गरिएको तिवारीले बताए। हिजोदेखि बाघ नियन्त्रणका लागि सात वटा हात्ती, नेपाली सेना, निकुञ्ज प्रशासन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी खटिएका छन्। बाघ बेला बेलामा बस्ती क्षेत्रमा देखिएकाले बाघलाई नियन्त्रणमा लिन परेको उनले बताए।

रोल्पामा श्रीमान-श्रीमतीको विभत्स हत्या

‘केटिको माइती बाहिर जिल्ला हो। हत्या चाहिँ हत्या नै भएको हो। बाँकी कुरा प्रहरीको अनुसन्धानले खुल्ने छ।’ गाउँमा विभत्स हत्या भएपछि यतिबेला तालावाङ गाउँ शोकमा डुबेको छ। प्रहरीले घटना बारे थप अनुसन्धान सुरु भएको बताएको छ।

बेपत्ता खोज्दै सेनाः माडी खोलामा गाडी खस्दा एक जना बेपत्ता

घाइतेलाई थप उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ। माडी गाउँपालिका–४ सिस्ने वजारबाट घर्तीगाउँ रोल्पातर्फ आउदै गरेको बा ७ च ५००२ नं. को पिकअप बोलेरो गाडी सडकबाट करिब एकसय मिटर तल माडि खोलामा खसि बेपत्ता भएको थियो।

बाँदरझुलामा लालपुर्जाः निकुञ्ज र भूमि आयोग आ-आफ्नै अडानमा

त्यहाँ २०४७ सालदेखि मकवानपुर, पर्सा, लमजुङ, तनहुँ लगायतका जिल्लाबाट सुकुम्बासीहरु आई बसोबास गर्न थालेका हुन्। त्यसयता गत पुस महिनासम्म ६६५ घरधुरी थिए। अहिले ९ सयको हाराहारीले लालपुर्जाको लागि निवेदन दिएका छन्। सोही स्थानमा लालपुर्जा छिट्टै वितरण हुने चितवन क्षेत्र नम्बर ३ का सांसद तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

चितवन निर्वाचन अपडेट

माडी नगरपालिका वडा नम्बर १ अपडेट ६०० मतमा मेयरमा ऋषि काफ्ले: हसिया हथौडा -२४१, ताराकाजी महतो: सूर्य-२७१ रहेका छन्।

खुट्टाको रड निकाल्दा मृत्यु, चिकित्सकलाई कारबाही गरिने

भरतपुरको मौलाकालिका अस्पतालले बिरामीको उपचार क्रममा गल्ती भएको स्वीकार गरेको छ। माडी नगरपालिका-५ राधापुरका रामप्रसाद तिवारीको खुट्टामा राखेको रड निकाल्ने क्रममा मंगलबार(हिजो) निधन भएको थियो।

विपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास गर्दा ११ प्रहरी घाइते

बोलेरोको ठक्करबाट मृत्यु भएपछि विपी राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।

माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल

जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए। माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ।

प्रधानमन्त्रीले पठाएको मूर्तिसहितको शोभायात्रा आज माडीको अयोध्याधाममा लगिदैँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाएको मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ। मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान ८ बजेर ३० मिनेटमा माडीका लागि प्रस्थान गरेको हो।

सडक, पुल र बिजुली निर्माणमा केन्द्रित माडी

संघीयताअगाडि माडी नगरपालिकाका कुनै पनि खोलामा पुल थिएनन्, सडक कालोपत्रे थिएन। अहिले माडीका केही सडक कालोपत्रे भएका छन्। नयाँ सडक निर्माण भएका छन् भने ग्राभेल, स्तरोन्नतिका कार्य तीव्र गतिमा भइरहेका छन्। खोलामा पुल निर्माणको कार्य थालिएको छ। यी मात्र होइन, खानेपानी आयोजना, विद्युतीकरण र पर्यटन प्रवर्धन प्राथमिकतामा छन्।

अयोध्या धामका लागि माडी नगरपालिकाले छुट्यायो १०० बिघा जग्गा

चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ।

सोमेश्वर गढीमा मूर्ति कुँद्दै कलाकार

माडी नगरपालिकाको सोमेश्वर गढीमा देशभरका कलाकारहरु भेला भएका छन्। सोमेश्वर गढी वरपर बसेर ३० जना कलाकारहरु बिहानदेखि बेलुकीसम्म ठूला ढुंगा फोडेर कलात्मक आकृति बनाउन व्यस्त छन्। कोही हातमा छिनो, हतौडा लिएर ढुंगासँग रमाइरहेका छन्। कोही आफ्नै कलात्मक शैलीको आकृति बनाउन गम्भिर देखिन्छन्। कलाकारलाई कलामा रमाउने सबै मेसो माडी नगरपालिकाले मिलाएको छ। राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी नगरपालिकाले सोमेश्वर गढीलाई मूर्तिसहितको फूलबारी बनाउन लागेको हो।

माडी नगरपालिकाले खोल्यो आफ्नै क्रसर उद्योग

प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ। माडी नगरपालिका–५ ब्रम्हपुरीमा एक करोड ३० लाख रुपैयाँको लागतमा क्रसर उद्योग सञ्चालनमा ल्याइएको हो।

दूध उत्पादनको लागि उपलब्ध गराएको अनुदान प्रभावकारी बन्दै

प्रतिलिटर दूध उत्पादनमा ३ रूपैया अनुदान उपलब्ध गराउने माडी नगरपालिकाको निर्णय प्रभावकारी देखिएको छ। गत आर्थिक वर्षदेखि लागू गरिएको अनुदानको व्यवस्थाले त्यहाँ कृषक पशुपालनतर्फ आकर्षित भएका हुन्।कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न नगरपालिकाले आफ्नो आन्तरिक आयबाट हरेक वर्ष ६० लाख विनियोजन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्