४ पुस २०८१ बिहीबार
image/svg+xml

बेल्माडीको नियुक्ति सही प्रमाणित

‘राष्ट्रिय टोलीमा भएको समस्या बेल्माडीको आगमनपछि समाधान भएको छ। उनले यसअघि ५ वा ६ प्रशिक्षकले गर्न नसकेको काम गरे।’

पीडितलाई आश्वासन मात्रै

माडी नगरपालिका–८ कान्तिपुरस्थित बाह्रघरेका ३९ वर्षीय राजु प्रजा बाँदरमुढे घटनाका पीडित हुन्। घटनामा उनले बुबा सुनबहादुर र बहिनी मीनालाई गुमाए। बहिनीको हातको खिल जँचाउन र आफ्नो नागरिकता बनाउन भन्दै उनी बुवासँग बिहानै घरबाट हिँडेका थिए। बसमा भीडभाड भएपछि उनी छतमा चढे। बस बम विस्फोटमा पर्दा उनी हुत्तिएर पर पुगे। बहिनी र बुबाको घटनास्थलमै मृत्यु भयो। उनको ढाडमा चोट लाग्यो। घटनापछि अति डराएका उनी राम्रोसँग उपचारै नगरी घर आए। ढाडको चोटलाई सामान्य ठाने। ऐलानी जग्गामा बसोबास गर्दै आएको परिवारको जीविकोपार्जन गर्ने जिम्मेवारी उनकै काँधमा थियो। अरू उपाय नभएपछि बिदेसिन बाध्य भए। घटनाको चार महिनामै बिदेसिएका उनी ढाडको चोटका कारण एक वर्षभन्दा बढी टिक्न सकेनन्।

‘एक नदी एक समुदाय’ अभियान

माडी नगरिपालिकामा चुरे पर्वतबाट उत्तरतर्फ बग्ने १८ खोला छन्। साना र ठूला ति खोलाका कारण वर्षात्को समय माडीमा सँधै बाढीको जोखिम उच्च हुन्छ। माडी नगरपालिका वडा नम्बर ६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटक पटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

प्रकोप न्यूनीकरण गर्न तटबन्धन

माडी नगरिपालिकामा चुरे पर्वतबाट बग्ने सानाठूला १८ खोला छन्। ती खोलाका कारण वर्षात्को समय माडीमा सधैं बाढीको उच्च जोखिम हुन्छ। माडी नगरपालिका–६ का लालबहादुर विकको परिवारलाई पनि खोलाले धेरै दुःख दिएको छ। बाढीका कारण उनले घरबारी र खेतीयोग्य जमिन गुमाए। पटकपटकको बाढीले दुःख दिएको उनी बताउँछन्। बाढीले दुःख दिने खोलामा ड्याम बनेपछि भने बाढीले दुःख नदेला भन्ने उनलाई लागेको छ।

एम्बुलेन्स किन्न जुटे बाँदरझुलावासी

माडी नगरपालिका–९ को बाँदरझुलाका बासिन्दा एम्बुलेन्स किन्न रकम संकलनमा जुटेका छन्। गाउँवासी बिरामी हुँदा अस्पताल लैजान समस्या हुने गरेकाले एम्बुलेन्स किन्न स्थानीयवासी आर्थिक संकलन समिति गठन गरेरै रकम जुटाउन लागिपरेको समिति अध्यक्ष भक्तबहादुर प्रजाले जानकारी दिए।

बाँदरमुढेमा पार्क बनाउँदै माडी नगरपालिका

माडी नगरपालिकाको बाँदरमुढेले सशस्त्र द्वन्द्वको समय सम्झाउँछ। बाँदरमुढे त्यही ठाउँ हो जहाँ यात्रु बोकेर गुडिरहेको बस विस्फोटमा परेको थियो।

माडीमा माछा जोन बनाउने तयारी

माडी नगरपालिका–७ को गोपालनगर वन्यजन्तुको जोखिममा रहेको क्षेत्र हो । स्थानीयले लगाएको खेती वन्यजन्तुले नास गर्थे।

माडी भित्रिँदै विदेशी पर्यटक

माडी उपत्यका चितवन राष्ट्रिय निकुञ्जले तीनतर्फ र दक्षिणमा सोमेश्वर पर्वतले घेरिएको छ । वरिपरिबाट वनले घेरिएको माडी नगरपालिका हरियाली र मनोरम छ ।

क्यानभासमा माडीको पर्यटन

‘सेमी मोर्डन’ चित्र बनाउने कलाकार एनबी गुरुङ यति बेला चितवनको माडी नगरपालिकामा छन् । काठमाडौं बसेर चित्रकारिता गर्दै आएका पोखराका उनी चित्र कोर्ने काम कै लागि शनिबार माडी पुगेका हुन् । पहिलो पटक माडी आएका उनलाई यहाँको भिन्न जीवनशैलीले तान्यो ।

माडी पुगेर राप्रपा नेता लामाले दाहालको पक्षमा भोट मागे

राप्रपा प्रजातान्त्रिकका महामन्त्री रेशम लामाले चितवन पुगेर पुषपकमल दाहालका लागि भोट मागेका छन्। चितवन ३ बाट वाम गठवन्धनका संयुक्त उम्मेदवार पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा उत्रेका छन्। लामा उद्योग राज्यमन्त्री समेत हुन्।

माडी जाने सुरुङ मार्ग वा आकाशे पुल आवश्यक: दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको समयको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन्।

बिजुली अवरुद्ध हुँदा माडी अन्धकार

भदौ १४ यता माडी नगरपालिकामा बिजुली बल्न छाडेको छ । असारपछि माडीमा बिजुली बल्न बन्द भएको यो तेस्रो पटक हो । बिजुली बिग्रेपछि बनाउने उपकरण भारतको राजधानी नयाँ दिल्लीबाटै मगाउनुपर्छ । अघिल्लोपटक बिग्रदा चाँडै उपकरण नआउँदा हप्तौ बिजुली बलेको थिएन । यसपटक पनि त्यस्तै भएको छ । जानकारी गराएको हप्ता दिन हुनै लाग्दा पनि उपकरण आएको छैन।

चितवनको माडीमा बाढीको प्रभाव, १६ घरमा क्षति

लगातारको वर्षाका कारण खहरे खोलाहरुमा आएको बाढीका कारण चितवनको दक्षिण क्षेत्र माडीको जनजिवन प्रभावित भएको छ। चितपनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बाढीले १६ घरमा पूर्ण क्षति भएको छ। तीन सय घरपरिवार प्रभावित भएका छन्। पुलहरु भत्किएका कारण यातायात अवरुद्ध छ। मानवीय क्षति भने नभएको भट्टले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्