४ पुस २०८१ बिहीबार
image/svg+xml

माडी नगरपालिकामा माओवादीका ठाकुर ढकाल विजयी

चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका उम्मेद्वार तारा काजीमहतो निर्वाचित भएकी छन् । बिहीबार घोषित अन्तिम मत परिणाममा ढकालले नेपाली काँग्रेसका मेयर पदका उम्मेद्वार खेमप्रसाद महतोलाई ४४ मतले पराजित गरेका हुन् । ढकालले तीन हजार ८७३ मत ल्याए । महतोको तीन हजार ८२९ मत अयो ।

माडीबाट टाढिँदै दाहाल

२०६२ को माडी घटनालगत्तै क्षमा मागेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले अनुकूल समयमा माडीमै गएर पीडितसँग माफी माग्ने बाचा गरेका थिए। दोस्रोपटक प्रधानमन्त्री भएपछि दाहाल चारपटक चितवन आइसकेका छन्। तर माडी पुगेका छैनन्।

हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

दक्षिण चितवनकोे माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन् ।

हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

दक्षिण चितवनको माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन्।

ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्छः मन्त्री पाण्डे

भूमिसुधार मन्त्री विक्रम पाण्डेले ठोरी–माडी–भरतपुर सडक फोरलेनको बन्ने बताएका छन्। समग्र ठोरीको विकासको माग लिएर राजधानीमा रहेको प्रतिनिधी टोलीसँगको बुधबारको भेटमा मन्त्री पाण्डेले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले ठोरी–माडी–भरतपुर सडकखण्डमा पर्ने सबै खोलामा एक वर्ष भित्र पुल निर्माण भैसक्ने बताएको भेटमा सहभागी नेता रामप्रकाश कुवँरले जानकारी दिए।

रिउ खाेलाकाे बाढीले माडी क्षेत्रका ४५ घर डुबानमा

रत्ननगर (चितवन)– चितवनको दक्षिण माडीमा बाढीले करिब ४५ घर डुबानमा पारेको छ। रातिदेखि परेको भारी वर्षाका कारण रिउ खोलामा आएको बाढीले यसरी बस्ती डुबानमा पारेको हो। माडीको खोलाले अहिले खतराको तहसमेत नाघेकाले बस्ती डुबान भएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोतव्यक्ति बलराम लुइँटेलले जानकारी दिए।

माडीमा जंगली हात्तीले आक्रमण गर्दा वृद्धाको ज्यान गयो

चितवनको माडीमा जंगली हात्तीको आक्रमणमा परेर एकजना महिलाको ज्यान गएको छ । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार घटना गए राति साढे एक बजे भएको हो। चितवन निकुञ्जको आडैमा रहेको माडी नगरपालिका–८ हरिनगरमा हात्तीले आक्रमण गर्दा सोही ठाउँकी ७५ वर्षीया जलपो पावेको ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

माडीमा लगातार वर्षा, बाढीको खतरा बढ्यो

शुक्रबार बिहान सवेरैदेखि परेको वर्षाका कारण चितवनको माडी क्षेत्रमा बाढीको खतरा बढेको भन्दै जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले सजग रहन सूचना जारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्