१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

माडी नगरपालिका–३ का एक वृद्ध चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।  

आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।  वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। रासस

प्रकाशित: ६ भाद्र २०७९ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App