२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

नरभक्षी बाघलाई नियन्त्रण गर्न सीसीटीभी जडान

चितवनको माडीमा सीसीटीभी जडान गरी मान्छे खाने बाघको खोजी कार्य सुरु गरिएको छ। भदौ २६ भैंसी चराउन गएका माडी नगरपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुषलाई खाएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रण लिनका लागि सीसीटीभी जडान गरेर खोजिकार्य सुरु गरेको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघ रहेको सम्भावित क्षेत्र हेरेर माडीका विभिन्न ठाउँमा चार वटा सीसीटीभी जडान गरिएको छ। बाघले निकुञ्जको सिमा आसपास क्षेत्र अमिलियामा आक्रमण गरी लुकाएर राखेको थियो।

बस्ती क्षेत्रमा बाघ देखिएपछि क्यामेरा जडान गरेर बाघको खोजी गरिएको तिवारीले बताए। हिजोदेखि बाघ नियन्त्रणका लागि सात वटा हात्ती, नेपाली सेना, निकुञ्ज प्रशासन तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी खटिएका छन्। बाघ बेला बेलामा बस्ती क्षेत्रमा देखिएकाले बाघलाई नियन्त्रणमा लिन परेको उनले बताए।

टोलीले पाण्डव नगर, बनकट्टा आसपासमा बाघ खोजी गरिरहेको छ। पछिल्लो समय चितवनमा बाघको आक्रमणबाट तीव्र रुपमा भैरहेको छ। बाघको आक्रमणबाट गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज आसपास र डिभिजन वन कार्यालयको क्षेत्रमा गरि १६ जनाले ज्यान गुमाएका थिए।

चालु आर्थिक वर्षको यो पहिलो घट्ना हो। चितवनमा वन्यजन्तु मध्ये बाघको आक्रमणबाट धेरैको मृत्यु हुने गरेको छ। गत आर्थिक वर्ष चितवनमा गैँडाको आक्रमणबाट ५ जना र हात्तीको आक्रमण ३ जनाले ज्यान गुमाएका थिए। हालसम्म चार वटा नरभक्षी बाघलाई नियन्त्रण लिइएको छ।

प्रकाशित: २९ भाद्र २०७९ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App