७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

विपी राजमार्ग अवरुद्ध, खुलाउने प्रयास गर्दा ११ प्रहरी घाइते

बोलेरोको ठक्करबाट मृत्यु भएपछि विपी राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।

बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको मृत्यु भएपछि कारबाही र क्षतिपूर्तिको माग गर्दै विपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–खुर्कोटखण्डको पिपल भन्ज्याङमा बुधबार स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

सो अवरोध खुलाउने क्रममा झडप हुँदा ११ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाका अनुसार, विपी राजमार्ग भएर पिपल भन्ज्याङ–पचभैया जाने सडकमा प्रदेश ३–०१–०२४ च १४१९ नम्बरको बोलेरोले पैदलयात्री ३९ वर्षीय विजय मोक्तानलाई ठक्कर दिँदा गम्भीर घाइते भइ उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

मोक्तानलाई मंगलबार राती बोलेरोले ठक्कर दिएको थियो। चालकको लापरवाहीले पैदल यात्रीलाई ठक्कर दिइ मृत्यु भएको भन्दै कमलामाइ नगरपालिका २ भद्रकालीका स्थानीय राजमार्ग अवरुद्ध गरेपछि लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका थिए।

अवरुद्ध सडक खुलाउने क्रममा झडप भएको हो। सडक खुलाउने प्रयास गर्दा प्रहरी र स्थानीयबीच झडप भएको डिएसपी लामाले बताए। उनले भने, झडपमा एक दर्जन बढी प्रहरी घाइते भएका छन् भने केही स्थानीय पनि घाइते भएका छन्। बोलेरो र चालक आइतसिङ लामालाई नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ७ वैशाख २०७९ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App