२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने

गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ।

गण्डकी प्रदेश सरकारले पनि यातायातको भाडादर तोक्ने

प्रदेशस्तरमा पहिलोपटक भाडादर तोक्न लागिएको हो। यसअघि संघ सरकारले मात्रै भाडादर तोक्दै आएको थियो।

राष्ट्रिय प्रतियोगिताको मिति तोकिएपछि पूर्वाधार र सामानलाई बजेट

मन्त्रालयले पूर्वाधार, प्रशिक्षण र प्रतियोगितालाई मध्यनजर गर्दै संघहरूको गुनासोलाई सम्बोधन गर्ने प्रयासको जमर्को गरेको छ। संघहरूलाई आवश्यक सामग्रीसहित प्रशिक्षकसमेत व्यवस्था गर्ने तर्फ मन्त्रालय र प्रदेश खेलकुद परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ।

‘प्रजातन्त्रविरुद्ध जाने सपना कसैले नदेखे हुन्छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले कसैलाई पनि प्रजातन्त्रविरुद्ध जाने सपना नदेख्न चेतावनी दिएका छन्। गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न आइतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘सबैले सुने हुन्छ, प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरू केही हुन सक्दैन। कोही कसैले सपना नदेखे हुन्छ प्रजातन्त्रको खिलाफमा जाने। प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै हो, यो कुरा स्पष्ट होस्।’

गण्डकीमा करको दर र दायरा बढाउने तयारी

करको दर बढाउन गण्डकी प्रदेश सरकारले प्रारम्भिक छलफल थालेको छ । प्रदेश सरकारको आन्तरिक श्रोतलाई बलियो बनाउन प्रदेशको अर्थ मन्त्रालयले सरोकारवालासँग छलफल गरेको हो ।

गण्डकी प्रदेशको शिक्षा नीति

गण्डकी प्रदेश सरकारले २०७८ भदौ ७ गते पारित गरेको शिक्षा नीतिको कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेमा यो प्रदेशमा शैक्षिक सुधारको अभियान ल्याउन सकिने साथै प्रदेशले शिक्षा क्षेत्रमा फड्को मार्न सफल हुनेमा शंका छैन।

गण्डकी प्रदेशमा कोरोनाः कास्कीमा बढी, मनाङ र मुस्ताङ ‘ग्रिन जोन’मा

गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ कोभिड संक्रमितको संख्या शून्यमा झरेसँगै ग्रीनजोन फर्केका छन । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कास्की छ । कास्कीमा कोभिड १९ का विरामीको संख्यामा आशातित घट्न नसक्दा रेडजोनमै रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ

निर्णायक सेटमा मणिमुकुन्द चुक्यो

मंगलबार नै समूह ‘ए’ को हेल्प नेपालले प्रदेश–२ माथि ३–० को सोझो सेटमा जित निकाल्दै दुई खेलबाट शतप्रतिशत सफलतासहित अन्तिम आठमा स्थान बनाएको छ ।

मुख्यमन्त्री पोखरेलसँग राष्ट्रसङ्घ नेपालका प्रमुखको भेटवार्ता

विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा नेपाल आएकी साराले मुख्यमन्त्री पोखरेलसँग भेटवार्ता गरेकी हुन्।

पोखरा भ्रमणबाट फर्किएपछि मुख्यमन्त्री राउतले भने: पर्यटन प्रवर्द्धनमा पहाड–मधेस मिलाप महत्वपूर्ण

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल तथा पञ्चकन्यासहित पर्यटन व्यवसायीहरूले विमानस्थलमा स्वागत गरेका थिए।

गण्डकी प्रदेश आमसञ्चार विधेयकः पुनर्लेखन गर

पत्रकार सम्बद्ध संघ संस्थाले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पुनर्लेखन गर्न माग गरेका छन् । गण्डकी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेर दफावार छलफलका लागि विधायन समितिमा गएको विधेयक संविधान विपरित रहेको भन्दै विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न माग गरेका हुन् ।

एक महिनाभित्र गण्डकीलाई साक्षर प्रदेश बनाउँछौँ: मन्त्री श्रेष्ठ

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताएका छन्।

गण्डकी प्रदेशलाई खेलकुदको हब बनाउने सपना छः मुख्यमन्त्री

गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सबै क्षेत्र कोरोनाले थलिएको बताउँदै अब खेलकुदकै माध्यमबाट पर्यटन प्रवद्र्धनमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

बजार अनुगमन व्यवहारिक बनाउन निर्देशन

चाडपर्व नजिकिदै गर्दा पोखराको बजार अनुगमन गरी कारवाहीलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन दिएको छ । चाडवाडलाई लक्षित गर्दै सुपथ मूल्य पसललाई ग्रामिण भेग लक्षित गरेर सञ्चालन गर्नुपर्ने पनि प्रदेश सरकारको भनाई छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्