१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री पोखरेलसँग राष्ट्रसङ्घ नेपालका प्रमुखको भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच पोखरामा औपचारिक भेटवार्ता भएको छ। विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा नेपाल आएकी साराले मुख्यमन्त्री पोखरेलसँग भेटवार्ता गरेकी हुन्।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गर्दै सुरक्षा परिषद्देखि विभिन्न समितिमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको बताए।  

संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले राष्ट्रसङ्घकै नेतृत्वमा शान्ति, स्थिरता र समृद्धि हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए।  

संंयुक्त राष्ट्रसङ्घका लागि नेपाल प्रमुख साराले दिगो आर्थिक विकास, प्रदुषणमुक्त रोजगारी आफूहरूको पहिलो प्राथमिकता रहेको बताइन्। दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्रसङ्घले अझै सघाउने उनले प्रतिबद्धता जनाइन्। भेटमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले र प्रमुख सचिव डा दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्रसङ्घको भूमिकाका सम्बन्धमा प्रकाश पारेका थिए।

प्रकाशित: १० आश्विन २०७८ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App