१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रतिनिधिसभाकाे बैठक आज बस्दै

प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज शुक्रबार बस्दैछ।दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ।

अघि–अघि युवा

दलको आन्तरिक लोकतन्त्रले युवालाई प्रवेश गराउँदै जाने र ज्येष्ठ नागरिकहरूले क्रमशः आफूलाई तिनको ‘मेन्टर’ हुँदै अवकाशतर्फ लैजानुपर्छ। लोकतन्त्रको जग राम्ररी बसेको मुलुकमा आर्यघाट पुग्नुअघिसम्म कुर्सीको लालसा गरिँदैन।

लोकतन्त्रको संवैधानिक लय

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीका पालामा उपसभामुखमा तुम्बाहाम्फेलाई राजीनामा गराएपछि तत्काल अर्को व्यक्ति चयन गर्न सकेको भए त्यसपछि परिषद् बैठक बसाउन गरिएका तिकडम रोक्न सकिने थियो।

अफगानिस्तानबाट सिक्ने पाठ

हाम्रा नेता प्रायः सबैजसो विदेशीका दलाल हुन् भनेको सुनिन्छ। उनीहरूले त्यही त्यही काम गर्छन् जुन विदेशीले अराउँछन्। अफगानी राष्ट्रपतिले हेलिकोप्टरभरि पैसा राखेर भागेको समाचार सुन्न आएको हो। कतै यस्तै त हेर्नुपर्ने होइन भनेर चस्का लागिरहन्छ।

आदर्श अभ्यासको अपेक्षा

पछिल्ला वर्षमा पार्टी प्रमुखले आफ्ना संरचनाभित्र छलफललाई बढाउन सकेका छैनन्। जस्तोसुकै निर्णय गर्ने बेला अध्यक्ष वा पार्टी प्रमुखलाई निर्णयको अधिकार दिने गरेका छन्। यस्ता निर्णयका निम्ति पार्टी प्रमुख एक्लै जिम्मेवार हुनुभन्दा सामूहिकताले सही ठाउँमा पुर्‍याउन सक्छ । आन्तरिक लोकतन्त्र बलियो नबनाई कुनै पनि दलले अगाडि बढ्न सक्ने स्थिति हुँदैन।

ज्ञानेन्द्र गए,ओली गए तर कुर्सीको खेल जारी छ: बाबुराम भट्टराई

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा उनले राजनीतिक प्रणाली परिवर्तन भएपनि सत्तामा भएका मानिसको प्रवृत्ति परिवर्तन नभएको भन्दै आलोचना गरेका छन्।

प्रधानमन्त्रीलाई साथ रहने महन्थको वचन

भेटमा लोसपाले उठाएका माग मुद्दाबारेमा पनि छलफल भएको सहभागी नेताहरूले जनाएका छन्। जवाफमा प्रधानमन्त्रीले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको लोसपाका नेताहरूले जनाएका छन्।

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध छ वटा रिट

सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर गरिएको छ।

राजनीतिक दलसम्बन्धी ऐन: उपलब्धि हटाएर अध्यादेश

‘दल विभाजनका लागि सहज व्यवस्था बनाउँदा धेरै दल बन्ने, सत्ता स्वार्थका लागि दल टुक्रिने क्रम बढ्ने र दलीय अनुशासनसमेत कायम राख्न कठिन हुन्छ।’

वाग्मतीमा शाक्य मुख्यमन्त्री

एमाले वाग्मती प्रदेश संसदीय दलका नेता एवं प्रदेश सरकारका मुख्यमन्त्री रहेका डोरमणि पौडेलले पदबाट राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री भएकी हुन्। पौडेलले बुधबार दिउँसो संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमाले वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले सर्वसम्मतिले दलको नेतामा शाक्यलाई चयन गरेको थियो।

अफगानिस्तानबाट ११८ नेपाली फर्किए

परराष्ट्रका अधिकारीहरू तनावग्रस्त अफगानिस्तानमा अझै १५ सय हाराहारी नेपाली रहेको अनुमान गर्छन्।

९५ राजनीतिक दलको सूची सार्वजनिक

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दल खारेजपछि कायम रहेका संख्या सार्वजनिक गरेको हो। आयोगले कायम रहेका दलको नाम, दलको चिह्न, चुनाव चिह्न, दर्ता नम्बर र सम्पर्क ठेगाना समेत सार्वजनिक गरेको छ। यसअघि खारेजीपूर्व आयोगमा १ सय ३६ दल कायम थिए।

अध्यादेश आशंकाले एमालेमा तरंग

एमालेको ओली पक्षले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सरकारले अधिवेशन टुंग्याएको आशंका गरेको छ।

नयाँ राजनीतिक ध्रुवीकरणतिर

संघीयता खारेज गर्न र धर्म निरपेक्षताका बारेमा जनमत संग्रह गर्न मिश्रले हालै राखेका प्रस्ताव ओली निकट नेताहरूले राख्दै आएका विचारसँग निकट छ। यी विचारपूर्वक आएका प्रस्ताव हुन् भन्ने आमबुझाइ छ।

कोभिड–१९को राजनीतिक पाठ

सामूहिक भावनामा विश्वास गर्ने एसियाली समाज महामारीको पहिलो लहरलाई सम्बोधन गर्न पश्चिमी समाज भन्दा तुलनात्मकरूपमा सफल देखिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्