६ आश्विन २०८१ आइतबार
image/svg+xml

झण्डै एक महिनापछि प्रदेश २ को बजेट पारित

प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रदेश सभामा बैठकमा सर्वसम्मत हुन नसकेपछि मत विभाजन गर्दा बहुमतले बजेट पारित भएको हो।

केयूद्वारा पौने चार अर्बको बजेट पारित

काठमाडौं विश्वविद्यालय (केयू)को ८७ औं सभाले आर्थिक वर्ष ०७७/७८ का लागि कूल तीन अर्ब ७० करोड रुपैयाँको अनुमानित आय–व्यय विवरण (बजेट) पारित गरेको छ।

सलह किन्न ५ लाख बजेट विनियोजन

‘सलह कीरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौं, उनले भने, ‘नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने योजना ल्याएका छौं।’

सलह किन्न पाँच लाख बजेट

झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए।

कपिलवस्तु नगरपालिकाको बजेट १ अर्ब १० करोड, पूर्वाधार र कोरोनालाई प्राथमिकता

सडक पूर्वाधार विकास तथा कोभिड-१९ लाई प्राथमिकता दिँदै कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब १० करोड ३५ लाख ७ हजारको बजेट पेश गरिएको छ ।

व्यास नपाको डेढ अर्बको बजेट पारित

तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्ब ५२ करोड ९७ लाख ५१ हजारको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न ३३औं नगरसभाले आगामी वर्षका लागि उक्त बजेट पारित गरेको हो ।

प्रदेश २ को विकास बजेट मन्त्रीकै जिल्लामा, प्रतिपक्षीसँगै सत्तापक्ष समेत आक्रोशित

प्रदेश २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश रायले आर्थिक वर्ष २०७७/०७८ को बजेटबाट आफ्नो जिल्ला र क्षेत्रमा अधिकांश योजना लगेका छन् ।

कछुवा गतिमा कर्णाली : अन्तिम सातासम्म २६.१५ प्रतिशत मात्र बजेट खर्च

चालू आर्थिक वर्षको अन्तिम सातासम्म कर्णाली प्रदेश सरकारले अपेक्षाभन्दा थोरै बजेट खर्च गरेको छ । कूल ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेटमा २६.१५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

बागमती प्रदेशको बजेट बहुमतले पारित

बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले बजेटलाई बहुमतले पारित गरेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले बजेटको विषयमा उठेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री डोरमणी पौडेलले बजेट पास गर्नको लागि सबै सांसदलाई आग्रह गरेका थिए ।

कोरोना नियन्त्रणमा दुई करोड बजेट

पाटन नगरपालिकाले कोरोना भाइरस रोकथाममा दुई करोड रुपैयाँ छुट्टाएको छ । आगामी आर्थिक वर्षको लागि उक्त रकम छुट्टाएको हो । स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत् कोरोना भाइरस नियन्त्रण रोकथाम र व्यवस्थापनमा सो रकम खर्च गरिने नगपालिकाले जनाएको छ ।

खेलकुदमा असारे बजेट, असारभित्र सक्ने गरी १४ योजनाको लागि सवा करोड

असारको आधा भैसक्यो। आर्थिक वर्ष सकिँनै लाग्दा कास्कीको विभिन्न खेलकुद योजनाको लागि बजेट निकासा भएको छ। राष्ट्रिय खेलकुद परिषदले कास्कीमा विभिन्न १४ वटा योजनाको लागि बजेट छुट्याएको हो।

कृषि मन्त्री भुषालले भने : 'सलहसँग सतर्क रहनुस् तर नआत्तिनुस्'

कृषि मन्त्री घनश्याम भुसालले सलह किरादेखि नआत्तिन किसानलाई अनुरोध गरेका छन् । सलह किरा प्रबेश गर्नेवित्तिकै आत्तिनुपर्ने अवस्था आएको छैन, उनले भने, सतर्क र सचेत रहनुपर्छ तर आत्तिनु हुदैन ।

खर्च हुन सकेन विकास बजेट

जिल्लामा सङ्घीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजन गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ।

रसुवाको स्थानीय तहको बजेट एक अर्ब ६१ करोड, अधिकांश कार्यक्रम पुरानै

रसुवाको स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि असार १० गते बजेट ल्याए । जिल्लामा पाँच वटा गाउँपालिका छन् । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाहरूले एक अर्ब ६१ करोड एक लाख ७२ हजार ६ सय ४० रुपयाँ बजेट ल्याएका छन् । सबैभन्दा बढी कालिका र सबैभन्दा कम बजेट आमाछोदिङ्मोले ल्याएको छ ।

स्थानीय बजेट : बदलिए प्राथमिकता

चालू तथा अघिल्ला आर्थिक वर्षहरुमा पूर्वाधार केन्द्रित बजेट ल्याएका सुर्खेतका स्थानीय तहले आगामी वर्षका लागि भने कोरोना नियन्त्रण, स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीको विषयलाई महत्त्व दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्