१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सलह किन्न ५ लाख बजेट विनियोजन

झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए ।  

‘सलह कीरा नियन्त्रण र यसबाट कृषि क्षेत्रमा हुने सम्भावित जोखिम न्यूनीकरणका लागि बजेट छुट्याएका हौं, उनले भने, ‘नगरले सलह समातेर ल्याउनेलाई प्रतिकेजी १०० रुपैयाँ दिने योजना ल्याएका छौं।’

खरिद गरिएको सलह कीरा नगरको कृषि शाखाले प्रतिकेजी ५० रुपैयाँका दरले पशु आहारका लागि दाना उद्योगलाई दिने निर्णय गरेको छ ।  

प्रकाशित: २७ असार २०७७ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App