८ वैशाख २०८१ शनिबार
अर्थ

व्यास नपाको डेढ अर्बको बजेट पारित

तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्ब ५२ करोड ९७ लाख ५१ हजारको बजेट पारित गरेको छ । बिहीबार सम्पन्न ३३औं नगरसभाले आगामी वर्षका लागि उक्त बजेट पारित गरेको हो ।        

नगरसभाले शिक्षा, युवा तथा खेलकुदतर्फ  ४४ करोड ५ लाख, पर्यटन प्रवर्धनतर्फ ४ करोड ५८ लाख, कृषि तथा पशु सेवातर्फ ३ करोड ८३ लाख, स्वास्थ्यतर्फ ७ करोड ४८ लाख ८७ हजार, महिला, जनजाति, दलित, अपांगता एवं ज्येष्ठ नागरिकतर्फ १ करोड ३ लाख बजेट विनियोजन गरेको छ । वडा कार्यालय पहुँच मार्ग अन्तर्गत वडा नं ७, ८, १०, १२, १३ र १४ को सडक कालोपत्रेका लागि १ करोड ९० लाख बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।     

अन्य मार्ग र सडक नाला निर्माण तथा मर्मतका लागि रु ९ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । ऐतिहासिक तनहुँसुर जाने खड्गकाली मार्गका लागि अघिल्लो वर्ष विनियोजन भएको ३ करोड आगामी वर्ष रकमान्तर गरी आगामी वर्ष ५  करोड बजेट थप गरिएको उनलेबताए । त्यसैगरी, खानेपानी, विद्युतीय पूर्वाधार निर्माणतर्फ २ करोड ७७ लाख, वातावरण, सरसफाइ र विपद् व्यवस्थापनतर्फ १ करोड ४० लाख, वडा कार्यालय मर्मतका लागि १ करोड बजेट विनियोजन भएको छ ।    

चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका विभिन्न योजनाको  २० करोड आगामी वर्ष समावेश गरिएकाले बजेटको आकार बढेको उनलेजानकारी दिए । नगरपालिकाले आगामी वर्षका लागि करिब १३ करोड घटी बजेट पारित गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले १ अर्ब ४४ करोडको बजेट ल्याएको थियो । ‘कोरोना सङ्क्रमणका कारण चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनालाई आगामी वर्ष सम्पन्न गर्ने गरी बजेट थप गरिएको छ,’ उनले भने, ‘सोही कारण आगामी वर्षको बजेटको आकार बढेको हो । वास्तवमा आगामी वर्षको बजेटको आकार भने घटेको छ ।’ नगरसभाले भाडामा लगाइएका सटरको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले व्यवसायीलाई मर्कामा परेकाले नगरपालिका अन्तर्गत पसल कबल भाडामा बस्नेहरुलाई चैत र वैशाख गरी दुई महिनाको भाडा छुट दिने निर्णय भएको उनले बताए ।   

नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ । नगरसभाको यस निर्णयबाट व्यवसायीले मासिक  १३ लाखका दरले दुई महिनाको  २६ लाख भाडा छुट पाएका छन् । नगरसभाले व्यवसाय कर असार मसान्तभित्र तिर्नुपर्नेमा असोज मसान्तभित्र बुझाउँदा पनि जरिमाना नलाग्ने निर्णय गरेको छ । नगरसभाले आर्थिक ऐन, विनियोजन विधेयक, वातावरण परीक्षण ऐन पारित गरेको छ भने ३१ वटा विभिन्न समिति विघटन गरेको छ । नगरसभाको अवसरमा क्वारेन्टिन बनाउन सहयोग पु¥याउने निर्मल माध्यमिक विद्यालय, सत्यवती माध्यमिक विद्यालय, मदर्शा आधारभूत विद्यालय र जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो ।      

बाढीले ४२ घर विस्थापित      

अविरल वर्षासँगै आएको बाढीले तनहुँको शुक्लागण्डकी नगरपालिकाका ४२ घर विस्थापित भएका छन् । बिहीबार रातिदेखि परेको वर्षाले सेती नदीमा आएको बाढीले शुक्लागण्डकीनगरपालिका वडा नं ४ र ८ का ४२ घर विस्थापित भएका हुन् । वडा नं ४ का १४ र वडा नं ८ का २८ घर जोखिममा परेको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार ती घरधुरीका करीब १ सय ६२ जनालाई सामुदायिक भवनमा स्थानान्तरण गरिएको छ । ‘भीषणबाढीले बस्ती नै जोगाउनगाह्रो परेकाले हाललाई स्थानीयलाई सुरक्षित स्थानमा सारेका छौं,’ उनले भने । बाढीले स्थानीयको घरमा पालिएका कुखुरा र बंगुरलगायत बगाएको छ ।   

प्रकाशित: २६ असार २०७७ ०५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App