७ आश्विन २०८१ सोमबार
image/svg+xml

रोल्पाका स्थानीय तहको बजेट : प्राथमिकतामा ‘स्वास्थ्य, शिक्षा, कृर्षि र रोजगारी’

अन्तर सरकारी वित्त व्यवस्था ऐनको दफा २१ बमोजिम असार १० गतेभित्र सबै स्थानीय तहले आ–आफ्ना नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने प्रावधान अनुसार बुधबार रोल्पा लगायत मुलुकका सबै जसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

खोटाङका दश स्थानीय तहको बजेट प्रस्तुत

खोटाङका सबै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

रोल्पाको लुंग्री गाँउपालिका यस पटक पनि समयमै बजेट ल्याउन असफल

रोल्पाको लुंग्री गाँउपालिका पोहर जस्तै यसपटक पनि समयमा बजेट ल्याउन असफल भएको छ। गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, र वडा अध्यक्ष बीच बजेटका बिषयमा सहमति हुन नसकेपछि समयमा बजेट सार्वजनिक गर्न असफल भएको हो।

प्रदेश ५ बजेट : स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी

प्रदेश ५ का स्थानीय तहले आगामी आर्थिक बर्षमा कोभिड –१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था र दीर्घकालीन रुपमा स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।

तिलाको बजेट : शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता

जुम्लाको तिला गाउँपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । यसैगरी रोग,भोग र रोजगारलाई पहिलो आवश्यकताका रुपमा हेरेको छ ।

निजगढको ८८ करोड ४९ लाख ५० हजारको बजेट प्रस्तुत

निजगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि छौठों नगर सभामा ८८ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । निजगढ नगरपालिकाकाको सभा हलमा बुधबार प्रमुख सुरेश कुमार खनालको सभापतित्वमा आयोजना गरिएको नगर सभामा उपमेयर लिलादेवी लामिछाने खनालले आगामी वर्षका लागि ८८ करोड ४९ लाख बजेट प्रस्तु गरेकी हुन् ।

काठमाडौं महानगरको बजेट आकार बढ्यो, १६ अर्ब बजेट विनियोजन

काठमाडौं महानगरपालिकाले कोभिड १९ को संकटको बावजुत पनि आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेटको आकार वृद्धि गर्दै १६ अर्ब ४२ करोडको बजेट विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले नगरसभाको सातौं अधिवेशनमा आगामी आवको बजेटमा चालु आर्थिक वर्षको भन्दा ९० करोड रुपैयाँ बढाएर बजेट विनियोजन गरेकी छन् । महानगरले चालु आर्थिक वर्षमा १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो ।

कलैयाको पाँचौ नगरसभामा एक अर्ब ३१ करोडको बजेट प्रस्तुत

कलैया उपमहानगरपालिकामा बुधबार आयोजना गरिएको पाँचौ नगरसभामा आर्थिक वर्ष ७७ र ७८ को लागि एक अर्ब ३० करोड ९९ लाखको बजेट प्रस्तुत गरिएको छ। प्रस्तुत बजेटमा चालु तर्फ २१ करोड ९६ लाख ३६ र पुँजिगततर्फ ५९ करोड ३८ लाख रहेको छ ।

पचरौता नगरपालिकाको पाँचौ नगरसभामा ४८ करोडको बजेट प्रस्तुत

पचरौता नगरपालिकाको सभाहरुमा आयोजना गरिएको नगर सभामा संघिय सरकारबाट सर्शत अनुदान १५ करोड ७५ लाख र विकास अनुदान गरेर ११ करोड, ६५ लाख, राजश्व बाडफाँडमा सात करोड ७७ लाख, सम्पुरक संघबाट ४० लाख र बिशेष अनुदान संघबाट एक करोड ४५ लाख, प्रदेशबाट सम्पुरक २० लाख , बिशेष ३० लाख लगाएको रहेको छ।

वीरगन्ज महानगरको बजेट तीन अर्ब साढे ८६ करोड

मुलुककै ब्यपारीक नगरी तथा प्रदश २ को एकमात्र महानगरपालिका वीरगन्जले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि तीन अर्ब ८६ करोड ५१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

भरतपुर महानगरको बजेट सवा चार अर्ब

भरतपुर महानगरपालिकाको बुधबार सम्पन्न छैटौँ नगरसभाले आगामी आर्थिक वर्षका लागि चार अर्ब १५ करोड रुपैयाँ बजेट पारित गरेको छ । बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

मध्यपुरले ल्याउन सकेन बजेट

आन्तरिक झगडाका कारण भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले गतवर्ष जस्तै यस वर्ष पनि समयमै बजेट ल्याउन सकेन । स्थानीय निकायका रुपमा रहेका देशभरका नगरपालिकाको बजेट ल्याउने बुधबार अन्तिम दिन हो ।

सिद्धार्थनगरको बजेट ९५ करोड ९ लाख, चालु आव भन्दा २३ करोड कम

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट मानव स्वास्थ्य जोखिम संवेदनशीलतालाई ध्यानमा राखी आधारभूत स्वास्थ्य सुविधा र शैक्षिक गुणस्तर, कृषि, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

भक्तपुरको बजेट एक अर्ब ८२ करोड

भक्तपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब ८२ करोड ४० लाखको बजेट पेश गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको सातौं नगरसभा बैठकमा नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा बिक्रीसमेत गरी उक्त रकम बराबरको बजेट पेश गरेको हो ।

इटहरीको बजेट एक अर्ब ७८ करोड

इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि एक अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । बुधबार सातौं नगर परिषदबाट उपप्रमुख लक्ष्मी गौतमले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक गरिएको बजेटमध्ये चालुतर्फ ७१ करोड ७५ लाख, पूँजीगततर्फ एक अर्ब चार करोड ८५ लाख र वित्तिय व्यवस्थातर्फ एक करोड ४० लाख अनुमान गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्