९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

रोल्पाका स्थानीय तहको बजेट : प्राथमिकतामा ‘स्वास्थ्य, शिक्षा, कृर्षि र रोजगारी’

नगरसभामा बजेट प्रस्तुत गर्ने तयारी गर्दै रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्ती ।

अन्तर सरकारी वित्त व्यवस्था ऐनको दफा २१ बमोजिम असार १० गतेभित्र सबै स्थानीय तहले आ–आफ्ना नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने प्रावधान अनुसार बुधबार रोल्पा लगायत मुलुकका सबै जसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।  

यसैबीच रोल्पा नगरपालिकाले ७० करोड ३७ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रमसहित अनुमानित बजेट प्रस्तुत गरेको हो । बजेटमा कूल बजेट मध्ये पूँजीगततर्फ ३० करोड ७१ लाख ५ हजार र चालु तर्फ ३९ करोड ६६ लाख ३६ हजार रुपैयाँ रहेको थियो । आन्तररिक आम्दानीबाट २ करोड, गत वर्षको अल्याबाट ३ करोड १५ लाख, राज्यस्व बाँडफाँबाट १० करोड ५० लाख, सामाजिक सुरक्षा कार्यक्रमका लागि ९ करोड संघीय सरकारबाट सशर्त अनुदान प्राप्त २५ करोड ६०लाख र वित्तीय समानिकरण तर्फ ११ करोेड ३१ लाख  रहेको छ ।  

त्यसै गरि समपुरक तर्पm ८ करोड, विशेष अनुदान १५ करोड, साथै प्रदेश सरकारबाट ५२ लाख ४३ हजार, सशर्त अनुदान १७ करोड ८० लाख ५ हजार, समपुरक अनुदान ३ करोड ९३ हजार, विशेष अनुदान ७ करोड आय हुने अनुमान गरिएको नगरसभाले सार्वजनिक गरेको छ । नगरपालिकाले स्वास्थ्य, कृषि, शिक्षालाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको पाइएको छ ।

रुन्टीगढी गाउँपालिकाले ५६ करोड ८३ लाख बढि बजेट सार्बजनिक गरेको छ । कूल बजेट मध्ये चालु तर्फ २१ करोड ५३ लाख ८३ हजार र पुँजीगत तर्फ ३५ करोड ३९ लख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ । आन्तररिक आम्दानीबाट ३ करोड ५ हजार ४ सय ९५, संघीय वित्तीय समानीकरण अनुदान तर्फ १० करोड १५ लाख, संघीय राजश्व बाँडफाड तर्फ ९ करोड ४ लाख ७५ हजार २ सय ५ रुपैया, संघीय ससर्त तर्फ १९ करोड ७४ लाख, संघीय विशेष अनुदान शिर्षकमा २ करोड २४ लाख, संघीय समपुरक अनुदान तर्फ ५० लाख अनुमानित रहेको छ ।

यस्तै प्रदेश वित्तीय सामानिकरण अनुदन तर्फ ५२ लाख ८३ हजार, प्रदेश राजश्व वाँडफाँड तर्फ ५४ लाख ४३ हजार, प्रदेश शर्सत तर्फ १ करोड ४८ लाख ५० हजार, प्रदेश समपुरक तर्फ १ करोड ५० लाख र प्रदेश विशेष अनुदान तर्फ ६० लाख आय हुने अनुमान गरिएको छ ।

सुनछहरी गाउँपालिकाले ३७ करोड ६१ लाख ५७ हजार बराबरको बजेट सार्बजनिक गरेको छ । आठौं गाउँसभामा ३७ करोड ६१ लाख ५७ हजार ९४ रूपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । विनियोजित बजेट मध्ये सशर्त अनुदान बाहेक पूँजीगततर्फ ६ करोड ८३ लाख २० हजार र चालू तर्फ १० करोड १६ लाख ८७ हजार ९४ रूपैयाँ रहेको छ ।

बजेटका श्रोतहरूमा संघीय सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गत १२ करोड ७९ लाख र वित्तीय समानिकरण अनुदान तर्फ ७ करोड ३७ लाख रहेको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान २ करोड ८ लाख पचास हजार वित्तीय समानिकरण तर्फ ५० लाख ८९ हजार रहेको छ भने राजश्व बाँडफाँड तर्फ संघबाट ७ करोड २३ लाख १९ हजार ९४ र प्रदेश बाट २३ लाख ९९ हजार रहेको छ । यसैगरी संघीय सरकारबाट २४ लाख समपुरक योजनामा र ५० लाख विशेष अनुदानको रूपमा प्राप्त भएको छ ।

सुनिलस्मृति गाउँपालिकाले ५८ करोड ६० लाख बढीको बजेट सार्बजनिक गरेको छ । गाउँपालिकाको आठौं गाउँसभाबाट ५८ करोड ६० लाख ९६ हजार ४ सय ९४ रुपैयाँको बजेट विनियोजन गरी सार्वजनिक गरेको हो । कूल बजेट मध्ये अल्याको ५ करोड, संघीय सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान १० करोड ५० लाख र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रु. ५२ लाख ७७ हजार गरी जम्मा वित्तीय समानिकरण अनुदान रु. ११ करोड २ लाख ७७ हजार रहेको छ ।  

संघीय सरकारबाट प्राप्त राजस्व बाँडफाँडबाट रु. ८ करोड ५७ लाख ५४ हजार र प्रदेश सरकारबाट प्राप्त राजस्व बाँडफाँड ४७ लाख १५ हजार गरी जम्मा राजस्व बाँडफाड ९ करोड ४ लाख ६९ हजार रहेको छ । यस्तै संघीय सरकार र प्रदेश सरकारको ससर्त अनुदान क्रमशः २३ करोड ३३ लाख र २ करोड ८ लाख ५० गरी ससर्त अनुदान २५ करोड ४१ लाख ५० हजार रहेको छ । समपुरक कोषमा नेपाल सरकार र प्रदेश सरकारबाट क्रमशः १ करोड २० लाख र १ करोड ५० लाख गरी जम्मा समपुरक कोषको २ करोड ७० लाख रहेको आर्थिक विकास समितिले सार्वजनिक गरेको छ ।

गंगादेव गाउँपालिकाले ३५ करोड ८३ लाख को बजेट सार्बजनिक गरेको छ । विनियोजित बजेत मध्ये चालू तर्फ ३० करोड ६० लाख ५० हजार रहेको छ भने पूँजीगत तर्फ ५ करोड २२ लाख ६५ हजार ९ सय पचास रहेको गाउँपालिकाले सार्वजनिक गरेको हो । यस्तै परिवर्तन गाउँपालिकाले ४५ करोड ७४ लाखको बजेट सार्बजनिक गरेको छ भने त्रिबेणी गाउँपालिकाले ४९ करोड ४२ लाख १२ हजार बराबरको बजेट सार्बजनिक गरेको थियो ।  

अधिकांस स्थानिय तहहरुले स्वास्थ्य, शिक्षा, कर्षि र रोजगारिलाई प्राथमिकतामा राखेका  छन् । दश स्थानिय तह रहेको रोल्पाको थवाङ गाउँपालिका र लुङग्री गाउँपालिकाले भने समयमा बजेट ल्याउन सकेनन् भने माडि गाउँपालिकाले निति तथा कार्यक्रम ल्यायो तर बजेट ल्याएन ।

प्रकाशित: ११ असार २०७७ १४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App