१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निजगढको ८८ करोड ४९ लाख ५० हजारको बजेट प्रस्तुत

छौठों नगर सभामालाई उदघाटन गर्दे नगर प्रमुख र उप प्रमुख लगाएतका नगरपालिकाका पदाधिकारीहरू।

निजगढ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि छौठों नगर सभामा ८८ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । निजगढ नगरपालिकाकाको सभा हलमा बुधबार प्रमुख सुरेश कुमार खनालको सभापतित्वमा आयोजना गरिएको नगर सभामा उपमेयर लिलादेवी लामिछाने खनालले आगामी वर्षका लागि ८८ करोड ४९ लाख बजेट प्रस्तु गरेकी हुन् ।

प्रस्तुत गरिएको बजेटमा संघीय सरकार मार्फत वित्तीय समानीकरण अन्तर्गत १२ करोड २४ लाख, ससर्त अनुदान २० करोड ४७ लाख, राजश्व बाँडफाँड नौ करोड ७४ लाख, विशेष अनुदान दुई करोड ५० लाख, प्रदेश सरकार वित्तीय समानीकरण ७३ लाख ४१ हजार, प्रदेश ससर्त अनुदान ८० लाख, विशेष अनुदान २० लाख, समपुरक अनुदान ३० लाख,सवारी साधन राजश्व बाँडफाँड एक करोड ९१ लाख र आन्तरिक आय ३७ करोड ५९ लाख रहेको छ ।

स्वास्थ्य र शिक्षा क्षेत्रको सुधार, कृषि र पशु क्षेत्रको विकास, भौतिक पूर्वाधार विकास, खानेपानी सरसफाई व्यवस्थापन, युवा स्वरोजगार सीप व्यवस्थापन, सेवा प्रवाह र सुचना प्रविधि, पर्यटकीय पूर्वाधार विकास, लक्षित वर्गको क्षमता विकास, खेलकुदको विकास र कला संस्कृतिको जगेर्ना, भूमि व्यवस्थापन लगायतलाई प्राथमीकतामा राखेर बजेट ल्याइएको नगर प्रमुख खनालले बताएका छन्।

प्रकाशित: १० असार २०७७ १५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App