८ वैशाख २०८१ शनिबार
अर्थ

पचरौता नगरपालिकाको पाँचौ नगरसभामा ४८ करोडको बजेट प्रस्तुत

पाँचौ नगर सभामा सहभागी रहेका नगर प्रमुख रमेश कुमार यादव सहित नगर पालिकाका पदाधिकारी।

आर्थिक वर्ष २०७७/०७८ को लागि पचरौता नगरपालिकाले पाँचौ नगर सभाबाट समाजिक सुरक्षा भत्ता बाहेक ४८ करोड ३ लाख २ हजारको बजेट प्रस्तुत गरिएको छ ।  

पचरौता नगरपालिकाको सभाहरुमा आयोजना गरिएको नगर सभामा संघिय सरकारबाट सर्शत अनुदान १५ करोड ७५ लाख र विकास अनुदान गरेर ११  करोड, ६५ लाख, राजश्व बाडफाँडमा सात करोड ७७ लाख, सम्पुरक संघबाट ४० लाख र बिशेष अनुदान संघबाट एक करोड ४५ लाख, प्रदेशबाट सम्पुरक २० लाख , बिशेष ३० लाख लगाएको रहेको छ।

बजेटमा समाजिक विकास, आर्थिक विकास, भौतिक पुर्वाधार, बातावरण तथा विपत व्यवस्थापन, संस्थागत विकासलाई सन्तुलन बनाइएको पचरौता  नगरपालिका प्रमुख रमेश कुमार यादवले बताएका छन्।

प्रकाशित: १० असार २०७७ १५:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App