१० मंसिर २०८१ सोमबार
image/svg+xml

एउटै ढुंगा कुँदेर बनाइएको फाल्गुन्दको सालिक अनावरण गरिँदै

फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमसँगै उक्त सालिक अनावरण गर्न लागिएको निर्माण समितिका अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूले बताए। उनका अनुसार एउटै ढुंगा कुँदेर महागुरु फाल्गुनन्दको यति धेरै अग्लो र वजनदार सालिक नेपालमा पहिलो पटक निर्माण गरिने भएकाे छ।

शुक्र अस्तले चतुर्मास व्रत उद्यापन रोकिँदैनः धर्मशास्त्रविद्

यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवम् वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए। केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ।

‘देउसी–भैलीमा न मौलिकता छ, न सिर्जना नै’

हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो। यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो। विडम्बना १ अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ। देउसीमा र्‍याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन।

चार वर्षमा पनि बनेन तीन किलोमिटर सडक

सडक निर्माणको बाँकी काम कात्तिक महिनाभित्र सक्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीका प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुरले बताए। उनले भने, 'नाला र सबबेसको काम सकियो अब कालोपत्र हुन्छ। एक–दुई हप्ताको काम हो, कात्तिक महिनाभर सकिन्छ।'

राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) मा तदर्थ समिति

देशभरि छरिएर रहेका विज्ञापन एजेन्सीहरूको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) मा तदर्थ समिति गठन गरिएको छ।

सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लीन फिड अवधारणा ल्याएको राष्ट्रिय विज्ञान संघ नेपालको आरोप

उनले सरकारको तलव भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लीन फिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए। उनले सरकारले क्लीन फिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल्याएपछि कार्यान्वयन गर्न सक्नुपर्ने बताए।

बुद्ध धर्ममा खादा र झन्डा

खादाको प्रयोग तिव्बत, नेपाल, भुटान, भारत र मंगोलियामा व्यापक रूपमा भइरहेको देखिन्छ भने विश्वका अन्य विभिन्न देशका बौद्धहरूले पनि उस्तै प्रकारले बौद्ध खादा प्रयोग गर्दै आइरहेका छन्। खादा विभिन्न रङ अनि प्रकारका देखिन्छन्। त्यसमा पनि सबैभन्दा धेरै प्रयोगमा आइरहेको खादाको रङ भने सेतो रङ नै हो।

ङ्यूङ्ने व्रत सम्पन्न

धर्मको माध्यमबाट समाजमा हुने विकृति र विसंगति हटाई समुन्नत समाज निर्माण गर्न राम्चेका युवाले सुरु गरेको ङ्यूङ्ने (निलाहार) व्रत बुधबार सम्पन्न भएको छ।

मधेसका शक्तिपीठमा खोंइच भराईको उल्लास

विजया दशमीको आगमनसँगै मधेसका गाउँसहरको चोक–चोकमा आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन्। झिलिमिली बिजुली बत्तीले दुर्गा मन्दिर झकिझकाउ छ।

धर्म लन्डन म्याराथनमा सहभागी हुने

भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्। विश्वको प्रतिष्ठित म्याराथनमध्ये एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन्।

त्रिविमा बेथितिः नेविसघं दिउँसै मैनबत्ती बालेर पदाधिकारी खोज्दै, पदाधिकारी जति युरोपमा

आन्दोलन र तालाबन्दी गर्ने पनि नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र स्वीकृत दिने पनि कांग्रेसकै सभापति शेरबहादुर देउवा

टायल्स, चिनी र गहुँको आयत नहुँदा सुठौली भन्सारमा लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन

आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यकोे १ सय ९३ प्रतिशत राजस्व उठेको थियो। गत अघिल्लो आर्थिक वर्ष १ अर्व ५१ करोड २९ लााख राजस्व संकलन भएको थियो। भन्सार प्रमुख अभिषेक कन्ठले अघिल्लो अर्थिक वर्ष लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन भएपछि गत आर्थिक वर्ष भने लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन भएको बताए।

आज जनै पूर्णिमा

वैदिक मान्यताअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ। जनैका शिखाहरूमध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्कोका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ। सो दिन मन्त्रिएका जनै वर्षभरि गरिने धार्मिक कार्यमा लगाउने र पितृपूजा तथा देवपूजनमा चढाउने गरिन्छ। हिन्दु परम्परामा जनैबिना कुनै पनि धार्मिक कार्य सम्पन्न नहुने बताइएको छ।

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने

न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले आज यसअघि गत चैत २५ गते बतास समूहका पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो। यो आदेशसँगै उक्त समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्न नपाउने भएको छ।

धरमरमा सत्ता गठबन्धन

कांग्रेसका सबै कार्यकर्ताले धेरै स्थानमा माओवादी, नेकपा एस र जसपाका उम्मेदवारलाई मतदान नगर्दा हार्नुपरेको ती दलको गुनासो छ। यसबाट गठबन्धनमा हार्दिकता खलबलिएको संकेत मिलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्