coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

टायल्स, चिनी र गहुँको आयत नहुँदा सुठौली भन्सारमा लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन

कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा टायल्स, चिनी र गहुँको आयत नहुँदा गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यको ७१ दशमलव १३ प्रतिशत मात्र राजस्व संकलन भएको छ। धर्मकाटा नभएको भन्दै भन्सारको केन्द्रीय कार्यालयले टायल्स आयातमा रोक लगाएको थियो।

यस्तै भारतीय सरकारले गहुँ र चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको सिधा असर सुठौली भन्सारमा परेको हो। गत आर्थिक वर्ष भन्सारमा १ अर्व ३८ करोड ८४ लाख १० हजार राजस्व संकलन भएको हो। गत वर्ष भन्सारलाई १ अर्ब ९५ करोड १९ लाख ४४ हजारको लक्ष्य दिइएको थियो।

आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको १ सय ९३ प्रतिशत राजस्व उठेको थियो। गत अघिल्लो आर्थिक वर्ष १ अर्व ५१ करोड २९ लााख राजस्व संकलन भएको थियो। भन्सार प्रमुख अभिषेक कन्ठले अघिल्लो अर्थिक वर्ष लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन भएपछि गत आर्थिक वर्ष भने लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन भएको बताए।

गत आर्थिक वर्षको साउन, भदौ असोज महिनामा टायल्स आयातमा अवरोध थिएन। यस्तै चिनी गहुँ चामल फलफुल समेत आएको थियो। सो तीन महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन भएको थियो। साउनमा १३ करोड ६५ लाखको लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा २० प्रतिशत बढी राजस्व संकलन भइ १५ करोड ७३ लाख संकलन भएको थियो।

यस्तै भदौमा लक्ष्य भन्दा एक प्रतिशत बढी राजस्व संकलन भइ १५ करोड ९३ लाख संकलन भएको थियो। यस्तै असोज महिनामा लक्ष्य भन्दा ३ प्रतिशत संकलन भइ १५ करोड २० लाख राजस्व उठेको थियो। गत वर्षको कार्तिकदेखि असारसम्म लक्ष्य अनुसार राजस्व उठन सकेन। भन्सार प्रमुख कन्ठले टाल्यस, गहुँ  चिनीको आयात रोकिएपछि त्यसले यहाँको भन्सारमा असर गरेको बताए।

त्यस्तै अन लाइन सिस्टम र भारतीय जिएसटी लगायतका कारणले पनि राजस्व संकलनमा असार परेको हो। अघिल्लो आर्थिक वर्ष कोरोना कालमा व्यापारीहरुले यो नाकाबाट मालसाना आयात गरेका थिए। गत वर्ष भने नगरकोले पनि भन्सार संकलनमा कमी आएको हो। ‘भन्सारको भौतिक अवस्थामा समेत सुधार गरिए राम्रो हुन्छ’ उनले भने। जग्गा अभावले भन्सारमा अझैसम्म यार्ड निर्माण हुन नसक्दा मालवाहक गाडीहरु बाटोमै खडा गर्ने गरिएको छ।

यसले गर्दा धरै समस्या भएको खडकाले बताए। धर्मका काटाको निर्माणको तयारी गरिएको छ। यस्तै भन्सारकालागि जग्गा खरिद गर्न भन्सार विभागका ध्यानककषर्ण गराइएको कन्ठले बताए।  भन्सारमा कृषिजन्य सामाग्री, चामल, मकै तरकारी तथा कोइला आयत हुने गरेको छ।

प्रकाशित: २८ श्रावण २०७९ १३:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App