७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) मा तदर्थ समिति

देशभरि छरिएर रहेका विज्ञापन एजेन्सीहरूको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) मा तदर्थ समिति गठन गरिएको छ।

गत असोज २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरिएको संघमा धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति बनाइएको हो।

संघको प्रथम उपाध्यक्षमा प्रदिपप्रसाद कोइराला, द्वितीय उपाध्यक्षमा अमृतकुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा विमल खड्का, कोषाध्यक्षमा कमला पौडेल अर्याल, सह-कोषाध्यक्षमा बसन्त योगी रहेका छन्।

यसैगरी संघको सदस्यहरूमा क्रमशः रवि अर्याल, ईन्द्रमणि न्यौपाने, राम बज्राचार्य र गुञ्जमणि भट्टराई रहेका छन्।

संघमा आवद्ध विज्ञापन एजेन्सीहरूको व्यावसायिक क्षमता अभिवृद्धिमा पनि राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) ले आफ्ना कार्यक्रम अगाडि बढाउने जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७९ ०२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App