दोषीमाथि कारवाही गर्न अर्थ समितिको निर्देशन
प्रतिनिधिसभाको अर्थ समितिले मेलम्ची आयोजना सम्पन्न हुने संघारमा ठेकेदार कम्पनीले काम छाडेर बाहिरिनुपर्ने परिस्थितिको गम्भीर छानबिन गरी दोषीमाथि आवश्यक कारवाही गर्न खानेपानी मन्त्रालयलाई निर्देशन गरेको छ।
प्रतिनिधिसभाको अर्थ समितिले मेलम्ची आयोजना सम्पन्न हुने संघारमा ठेकेदार कम्पनीले काम छाडेर बाहिरिनुपर्ने परिस्थितिको गम्भीर छानबिन गरी दोषीमाथि आवश्यक कारवाही गर्न खानेपानी मन्त्रालयलाई निर्देशन गरेको छ।
कैलालीका स्थानीय तहले नियमित नियमन र अनुगमन नगर्दा नदीजन्य पदार्थको दोहन तीव्र रुपमा भइरहेको छ। स्थानीय तहले नदीजन्य पदार्थ उत्खननका लागि ठेकेदारलाई ठेक्का दिइसकेपछि नियमन र अनुगमन नगर्दा जथाभाबी दोहन बढेको हो।
ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पछिल्लो एक दशकमा एक हजारभन्दा बढी ठूला आयोजना अलपत्र परेका छन्। आयोजना अलपत्र पर्दा राज्यको एक खर्ब १८ अर्ब बालुवामा पानी हालेसरह बन्न पुगेको छ। सरकारसँग ठेक्का सम्झौता गर्नेबित्तिकै २० प्रतिशत रकम पेस्की लिने तर लामो समयसम्म काम नगर्ने प्रवृत्ति छ।
कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक खण्डमा पर्ने सेउती पुल दुई वर्षअघि नै उद्घाटन गरिए पनि अझैसम्म काम पूरा भएको छैन। ठेकेदारलाई पुलमाथि पट्टी परेका खाल्डाखुल्डी मर्मत गर्न सडक डिभिजन कार्यालय विराटनगरले ताकेता गरेको छ।
मेलम्ची खानेपानी आयोजनाको ठेकेदार इटालियन कम्पनी नफर्कने निश्चित भएपछि सरकारले ठेक्का सम्झौता तोड्न प्रक्रिया सुरु गरेको छ। आयोजनाको काम तत्काल अघि बढाउन नयाँ ठेकेदार नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगिने भएको छ। मेलम्ची खानेपानी उपआयोजनाको ठेकेदार कम्पनी सिएमसीलाई ‘लेटर अफ टर्मिनेसन’ (एकतर्फी ढंगले ठेक्का तोडेको पत्र) पठाएर काम अघि बढाउन मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको हो।
भारतीय ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण साना जलविद्युत उपभोक्ता समिति जुम्लाको विद्युत गृहमा रहेको टर्बाइन जडान कार्य अलपत्र परेको छ । एक महिना भित्र टर्बाइन जडान गरेर बिद्युत सेवालाई प्रभावकारी बनाउने लक्ष्य राखिएको भएपनि अहिलेसम्म मर्मत कार्य नसकिदा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन्।
सिरहा र सप्तरीबीच द्रुत सम्पर्कको सेतुमात्र होइन– बलान नदीको पुल। यो पुल निर्माणसँग सिरहा–सप्तरीबीच द्रुत सम्पर्क मात्र होइन, मधेसकै जीवनपद्धतिसमेत जोडिएको छ। सप्तरीसँग सिरहालाई जोडेर यस भेगका जनताको जीवनपद्धतिमा कायापलट ल्याउन सक्ने सेतु बलान नदीको पुल निर्माण करिब नौ वर्षदेखि अलपत्र छ।
सरकार र मेलम्चीको ठेकेदार कम्पनीको विवाद उत्कर्षमा पुगेसँगै मेलम्ची खानेपानी आयोजना निर्माण अन्योल बनेको छ। ठेकेदार कम्पनी सिएमसी र मेलम्ची खानेपानी बोर्डको विवाद उत्कर्ष छ। जनवरी पहिलो साता इटालीबाट फर्केर काममा फर्किने दाबी गरेको ठेकेदार कम्पनीले सर्तमाथि सर्त तेर्साएर पत्र पठाएसँगै मेलम्ची आयोजना कहिले आउनेमा अन्योल देखिएको हो।
विस्तार हुँदै गरेको खाडीचौर–चरिकोट सडकमा ‘ग्रेड’ र ‘सब–बेस’को काम तुरुन्त सिध्याउन ठेकेदार कम्पनीहरूलाई दबाब परेको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण तीन वर्ष अलपत्र परेर पुनः काम सुरु भएको हो।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने जग्गालाई सुरक्षित राख्न तारबार गर्ने ठेक्का पाएको निर्माण कम्पनीले बदमासी गरेको पाइएको छ। टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने ऐलानी र निजी जग्गा सुरक्षित राख्न पहिलो चरणमा तारबारले घेराउ गर्न लागिएको हो।
गोदावरी नगरपालिकाका जनप्रतिनिधिको आडमा ठेकेदारहरुले गोदावरी नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्नुका साथै खोलामै घुम्ती क्रसर उद्योग सञ्चालनमा ल्याएका छन्। एक महिनादेखि नदीमै घुम्ती क्रसर उद्योग सञ्चालन गरेर उत्खनन गर्न थालेपछि स्थानीयले विरोध गरे पनि जनप्रतिधि भने मौन छन्। जनप्रतिनिधिको मौनताले स्थानीय भने निराश छन्।
दुबैतीर सडक बनेको छ। मानिसको चहलपहल बाक्लो हुन्छ। तर, नदीमाथि पुल बनेको छैन। पुल बनाउन थालेको ७ वर्ष पुग्दा पनि अधुरोनै छ। हरेक वर्ष पुल बन्ने अपेक्षा स्थानीयले राख्छन्। तर, उस्तैगरी पसीना बगाउँदै उकालो ओरालो गर्नुपर्ने बाध्यता छ।
उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी कोपराटिभा मुराटोरी एण्ड सेमेन्टिस्टी सिएमसीले काम छोडेर भाग्न खोजेमा धरौटी जफत गर्न सरकारलाई बाटो खुला गरेको छ।
ठेकेदारको चरम लापरवाहीले राष्ट्रिय शहिद तथा शान्ति पार्क अलपत्र परेको छ। गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल डाँडामा ६ सय ५० रोपनीमा पार्क फैलिएको छ। ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा पार्क अलपत्र परेको वडा नम्बर ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। ‘ठेकेदारले काम नगर्दा यो पार्क निर्माण भएको छैन,’ उनले भने, ‘ठेकेदारलाई बोलाएर छानविन गछौँ। त्यसपछि हामी निर्माणमा अगाडि बढ्छौँ।’
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।