४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्रीको प्रेम दर्शन

फागुन महिना प्रधानमन्त्री केपी ओलीका लागि विशेष महिना हो। यही महिनामा उनी जन्मिए (फागुन १०) र यही महिनामै उनले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँसे। यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ। प्रधानमन्त्री निवासमा छिर्नेबित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्रीज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’

शिथिल जासुसी संयन्त्र

सरकारलाई आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना उपलब्ध गराउने जासुसी संयन्त्र कमजोर देखिएका छन्। आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना संकलन गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट परिचालित हुने जासुसी संयन्त्र कमजोर देखिएका हुन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि संयोजक छानिए

सरकारले स्थापना गरेको रोजगार सेवा केन्द्रमा कामकाज गर्नको लागि संयोजक छनोट गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा ७ सय ५३ जना रोजगार संयोजक माग गरिएको थियो।

प्रधानमन्त्रीले जन्मदिनमा रोपे आँपको बिरुवा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोपेको सचिवालयले बताएको छ।

प्रदेश सांसद ओलीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ का प्रदेश सांसद सदस्य उत्तर कुमार ओलीको निधनप्रति दुःख व्यक्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री ओलीले श्रद्धान्जली व्यक्त गरेका हुन्।

‘ओली असफल भए दाहाल प्रधानमन्त्री बन्न सक्छन्’

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन्।

संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो।

३१ बर्षपछि दोहोर्‍याएर शिलान्यास

२०४४ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति भरतबहादुर खड्काले सिलान्यास गरेको सहजपुर–बीपीनगर–बोगटान सडक खण्डको ३१ वर्षपछि मंगलबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सिलान्यास गरेका छन्। सो सडक खण्ड कालोपत्रे गर्नका लागि भारतको एक्जिम बैंकमार्फत् भारत सरकारले दुई अर्ब रुपैयाँ ऋण सहयोग गरेको हो।

राप्रपाद्वारा प्रधानमन्त्रीसमक्ष २२ सूत्रीय माग राख्दै ज्ञापनपत्र पेस

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री ओली सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार र बुधबार सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागिता जनाउँदै छन्।

डोजरको काममा ७५ प्रतिशत कमी

सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले डोजर व्यवसायी, मजदुर र सम्बद्ध प्राविधिक बेरोजगार बन्नुपर्ने अवस्था आएको छ।

सुन्ने कि शून्य ?

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुलुकका गन्यमान्य व्यक्तिहरूकहाँ घुसकाण्डको एउटा भिडियो चार महिनाअघि पुगे पनि कार्यान्वयनको साइत जुर्न सकेन। खर्दार–सुब्बाहरू थोकको भाउमा हरेक दिन केही हजार घुसको बल्छीमा पर्छन्। तर, भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएकै व्यक्तिमाथि तत्काल कारबाही गर्न रोक्ने तत्व के हो ? प्रधानमन्त्रीले भन्ने गरेको ‘शून्य सहनशीलता’ यस्ता काण्डमा कारबाही नहुँदा ‘सुन्ने सहनशीलता’मा अनूदित हुने खतरा छ। समयमै त्यो काण्डबारे छानबिन भएको भए सरकारको एक वर्षे प्रगतिमा चार चाँद लाग्ने थियो।

उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्नुहोस् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूलाई उत्पादनमुलक र रोजगारीका क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग शनिबार बालुवाटरमा भएको भेटमा ओलीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्न र ब्याजदरमा लचिलो हुन आग्रह गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्