४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले जन्मदिनमा रोपे आँपको बिरुवा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८औँ जन्मोत्सवको अवसरमा आँपको बिरुवा रोपेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विहान स्थानीय नसर्रीबाट ल्याइएको आँपको बिरुवा रोपेको सचिवालयले बताएको छ। यसैगरी प्रधानमन्त्रीपत्नी राधिका शाक्यले भने जन्मोत्सवको अवसरमा अम्बाको बिरुवा रोपेकि छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए।

प्रधानमन्त्री ओलीलाई बालुवाटार आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले शुभकामना दिएका थिए। प्रधानमन्त्री ओली २००८ फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका थिए।

 

प्रकाशित: ११ फाल्गुन २०७५ ०७:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App