५ कार्तिक २०७७ बुधबार
अच्युत कोइराला


अच्युत कोइरालाका लेखहरु :

छुटेको अध्याय

२०६४ सालमा ‘दरबार बाहिरकी महारानी’ उपन्यास बजारमा आउँदा निकै कमले मात्र यसको चर्चा गरे । त्यसपछिका हरेक वर्ष रिप्रिन्ट भएर बेस्ट सेलर बनिसक्दा पनि यस उपन्यासका लेखक नगेन्द्र न्यौपाने मिडियामा छाएका थिएनन् ।

गोसाइँकुण्डको थकथकी

टाढाको होस् या नजिकको, मानिसलाई केही न केही सिकाउँछ तर के कति सिक्ने त्यो पात्रतामा भर पर्छ । यात्रा मात्र यस्तो एउटा पाठशाला हो, जसले बिना कुनै ठूलो स्वर मानिसलाई पाठ पढाउँछ र जीवनभर छाप छाडेर जान्छ । यस पटक साउनमा जब मन मिल्ने साथीहरुसँग म गोसाइँकुण्ड पुगेँ– लाग्यो नगरिएको यात्रा गरिएछ, कहिल्यै नसिकिने पाठ सिकिएछ, कहिल्यै महसुस नगरिने थकथकी पनि बोकेर आइएछ !

मृगौला प्रत्यारोपणको इतिवृत्ति

थाहा छैन कुन बेला दिव्या सिंह शाहको मनमा डाक्टर बन्नु ठूलो कुरा हो भन्ने छि-यो, उनलाई सधैँ डाक्टरको भूत सवार भइरह्यो। उनलाई लाग्थ्यो, धेरै पढ्ने मान्छे डाक्टर हुन्छ र डाक्टरलाई सबैले सम्मान गर्छन्। तातेताते गर्ने उमेरमै उनी हजुरबुबाको छेउमा गएर ‘जिजुबुबा, म हजुरको उपचार गर्छु, निको पार्छु’ भन्थिन् रे ! पछिसम्म पनि परिवारले जिस्क्याउनु पर्दा सानैमा त यो यस्तो भन्थी, अहिले किन डाक्टर नबनोस् त भनेर जिस्क्याउँथे।

सन्तान छान्ने अवसर

मानौँ, तपाईंका अभिभावकलाई चिनी रोग लागेको छ। यस्तो अवस्थामा तपाईंलाई पनि चिनी रोग लाग्ने सम्भावना बढेर जान्छ। यस्तै कतिपय जेनेटिक रोगहरु सिकलसेल–एनेमिया (रक्तअल्पता) र होमियोफिलियाजस्ता रोगहरु, जसको कुनै उपचार अहिलेसम्म उपलब्ध छैन, तिनलाई सुरुमै क्रिस्पर उपचार पद्धतिबाट शुद्धीकरण गर्दै सन्तान जन्माउन सकिन्छ।

महत्त्वाकांक्षाको उडान

सन्तान रहरले जन्माउनु पर्छ, बाध्यतामा होइन। सायद यस्तै केही थाहा थियो, शृंखलाका बुबा विरोध खतिवडालाई। जसै घरमा दोस्रो सन्तानका रुपमा शृंखला जन्मिइन्, विरोधले चिच्याउँदै एक जना साथीलाई सुनाएका थिए, ‘सुनिस्, मेरी छोरी जन्मिई!’

मिस नेपालको अन्तर्य

२५ वर्षअघि मिस नेपाल जस्तो केही प्रतिस्पर्धात्मक कार्यक्रम गर्नुप-यो, साथ र सहयोग चाहियो भन्दा धेरै साथीहरुले गोपाल कक्षपतिलाई बौलायौ कि क्या हो भने। त्यो बेला नेपालमा यस्तो कार्यक्रमका बारेमा सोच्न पनि सकिँदैनथ्यो किनभने त्यस्तो परम्परा थिएन पनि।

आगो छिचोलेर गति

अञ्जना जन्मिएपछि माइत ‘खान’ उनकी आमा गाउँ गएकी थिइन्। आमासँगै काखे अञ्जना जाँदा साबुतै थिइन्, फर्कंदा भने एउटा गोडा साबुत थिएन। खेल्दाखेल्दै कुन बेला आगोसँग जिस्किइन्, कसैलाई पत्तो भएन।

प्रधानमन्त्रीको प्रेम दर्शन

फागुन महिना प्रधानमन्त्री केपी ओलीका लागि विशेष महिना हो। यही महिनामा उनी जन्मिए (फागुन १०) र यही महिनामै उनले जीवनको महत्वपूर्ण अर्धाङ्गिनी राधिका शाक्यसँग (फागुन २२) लगनगाँठो कँसे। यही महिनामै भ्यालेन्टाइन डे (प्रणय दिवस) पनि पर्छ। प्रधानमन्त्री निवासमा छिर्नेबित्तिकै ठट्यौली वातावरण बनाउन हामीले सोध्यौँ, ‘प्रधानमन्त्रीज्यू, यस पटकको प्रेम दिवसमा केही विशेष पो छ कि ? प्रेमका बारेमा यहाँको के छ धारणा ?’

सुपरस्टार बालकलाकारको दैनिकी

‘सानो परिवार, सुखी घरबार’ कसैले राजनीति गर्न सुझाएको यस्तो नारा एउटा सेलिब्रिटी कलाकारको घरमा भने ठ्याक्कै मिल्न पुग्छ । उनी हुन्, अहिलेका चल्तीका बालकलाकार अनुभव रेग्मी । काव्य स्कुलमा कक्षा ६ मा पढ्ने अनुभव अन्य बालबालिकाभन्दा कुनै अर्थमा फरक छैनन् । उनलाई पनि खेलकुद मनपर्छ, नियमित रुपमा स्कुले होमवर्कमा ध्यान दिन्छन् तर स्कुलबाहिर उनी प्रख्यात कलाकार हुन् । अनुभव साढे तीन वर्षको हुँदा ‘आचार्य’ फिल्मको छोटो भूमिकाका लागि सुटिङमा पुगेका थिए । सुटिङभरि अनुभव रोएर हैरान !

म सपनाको कुरा गर्छु...

मेरो एउटा सपना छ, कुनै दिन म कुस्त पैसा कमाउनेछु त्यसपछि अहिलेकै जस्तो पुरानो जिन्स, अमिल्दो टिसर्ट र थोत्रो ह्याट भिर्नेछु, लामो दाह्री पालेर, थोत्रो चप्पल पड्काउँदै पुरानो गाउँ र बेचल्तीको बाटो पैदल नै, बिना कुनै लक्ष्य हिँड्नेछु ।

एउटा युवा कैदीको कथा

लगभग चार करोड रुपैयाँ अचानक डुबेपछि उनी पोखरा बसिरहन सकेनन् र काठमाडौँ आइपुगका थिए । उनी दाइको पसलमा बसिरहेका बेला प्रहरी आयो र उनलाई पक्राउ ग-यो । उनी त्यहाँबाट भाग्न सक्थे तर भागेनन् । उनलाई लाग्थ्यो, पैसा डुब्ने र कमाउनु ठूलो कुरा होइन । जसको ऋण छ, उसलाई समयक्रममा तिरिहाल्छु तर कानुनले त्यस्तो नभन्दो रहेछ।

समयकाे कुरा

‘जहाँबाट जे चाहिएको छ भन्ने थाहा हुन्छ, त्यहाँबाट शान्तिको खोजी गर्न सकिन्छ । त्यसैले तिमी सही यात्रामा छौ । तिमीले शान्ति खोज्न सक्छ्यौ ।’

‘सो म्यान’को लालनपालन सूत्र

जेठ महिनाको मध्यमा हिन्दी फिल्मका चर्चित निर्देशक सुभाष घई काठमाडौँ आइपुगेका थिए । घईलाई भारतमा राजकपुरपछिका ‘ठूलो सो म्यान’ मानिन्छ । काठमाडौँस्थित कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीलाई आफ्नो ज्ञान बाँड्न आइपुगेका घईले विनोद चौधरीको आतिथ्य मात्र ग्रहण गरेनन्, पहिलो र अन्तिम पटक नायिका बनाइएकी मनीषा कोइरालाको घरमा शास्त्रीय सङ्गीतको स्वाद पनि लिन भ्याए ।

खुसीको खोजी

‘दसैँ आउँदाजस्तो खुसी हामीलाई केहीमा लाग्दैनथ्यो । दसैँमा खसी काटिन्थ्यो, दुई जोर नयाँ लुगा सिलाइन्थ्यो । त्यो लगाउन पाउँदा र घरमा मीठामीठा पकवान खान पाउँदा मन रमाउँथ्यो । अहिलेका केटाकेटीका लागि खुसी खोज्न दसैँ कुर्नु पर्दैन,’ फिल्म निर्देशक तथा गीतकार यादव खरेलले आफ्नो बाल्यकाल सम्झँदै सुनाएका कुराले त्यस बेलाको विरल खुसीको कुँजी बताउँछ ।

पूर्व प्रधानन्यायाधीशको पारिवारिक इजलास

नेपाली काङ्ग्रेसले राजाविरुद्ध सशस्त्र संघर्ष गर्ने निर्णय गर्यो । त्यसका लागि ठूलो रकम अावश्यक पर्थ्यो । रकम जुटाउन राष्ट्र बै‌कको पैसा बोकेकाे हवाई जहाज अपहरण गर्ने योजना बन्यो र दुर्गा सुवेदी त्यसको कार्यान्वयनकर्ता बने । रातारात उनी विद्रोहको विम्ब बने । यस्तै विद्रोही थिइन्, सुशीला कार्की जो अाफ्ना बहिनीहरुको बिहे भइसक्दा पनि एकल जीवन बाँचिरहेकी थिइन्, आफ्नै कमाईले बेग्लै घर बनाइसकेकी थिइन् । कालान्तरमा उनी प्रधानन्यायाधीशका रुपमा चिनिइन् । यी दुवै विद्रोहीको पारिवारिक जीवन कस्तो छ त? दुवैले आफ्नो जीवनयात्रा फर्केर हेर्दा के पाउँछन्?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्